प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्चको निर्णय मान्नुपर्छ : अध्यक्ष तिमल्सिना « Khabarhub

प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्चको निर्णय मान्नुपर्छ : अध्यक्ष तिमल्सिना


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला सबैले मान्नुपर्ने बताएका छन ।

नेपाल पत्रकार महासङ्घ कास्कीको १५औँ साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बताउँदै सर्वोच्चले गरेको फैसला मान्नु सबैको कर्तव्य भएको बताए ।

“फैसला आइसकेपछि चुनावमा जाने भन्यो भने चुनावमा जानुपर्‍यो, विघटनको कुरा बदर गर्‍यो भने संसद् बैठक अधिवेशनहरू चल्छ, अगाडि बढ्छ,” उनले भने ।

अदालतले विघटनको मुद्दालाई सदर गरेका अवस्थामा चुनावमा जानुको विकल्प नहुने बताउँदै उनले त्यो अवस्थामा शङ्का उपशङ्का नगरी चुनाव हुन्छ, हुँदैन भन्ने नभई हुन्छ, समयमा नै गर्नुपर्छ भन्ने कुरा लिएर जानुपर्ने बताए ।

त्योबाट कोही पनि भागेर जाने वातावरण बन्न दिन नहुने उनको भनाइ थियो ।

सरकार अस्थिर रहँदा दीगो विकास हुन नसक्ने बताउँदै उनले नेपालमा २०१७, २०४८ का सरकार पनि स्थिर बन्न नसक्दा विकासमा पछि परेको उल्लेख गरे ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ९ : ०३ बजे

आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि लागू हुँदै

काठमाडौं- सरकारले आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि लागू

वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट

काठमाडौं- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार भएको नयाँ प्रधान न्यायाधीश

नयाँ प्रधानन्यायाीश छान्दा उपसभामुख ठाकुरले बालेनलाई साथ दिएपछि बिच्किए हर्क

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बिहीबार बसेको संवैधानिक

नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन निर्देशन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन–संकलनलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं- सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरू भएको छ। शुक्रबार बिहान साढे