अमेरिकामा २ करोड ४३ लाखभन्दा धेरैमा कोरोना संक्रमण « Khabarhub

अमेरिकामा २ करोड ४३ लाखभन्दा धेरैमा कोरोना संक्रमण


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा २ करोड ४३ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख २ हजार ७६७ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ४३ लाख ६ हजार ४३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ४३ लाख ४३ हजार ६४४ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ९५ लाख ५७ हजार १३८ जनामध्ये २८ हजार ८५० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ३७७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै आइबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ४ लाख ५ हजार २६१ पुगेको छ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ९ : ५५ बजे

होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा

तेहरान– इरानका सेना प्रवक्ता मोहम्मद अक्रमिनियाले शनिबार दिएको अभिव्यक्तिमा देशका

सरकारले हटाइएका सुकुम्वासीको जग्गा खोज्न थाल्यो

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–अभिलेख सूचना

स्रोत नखुलेको २७ लाखसहित दुई पक्राउ

मोरङ– स्रोत नखुलेको २६ लाख ९८ हजार रुपैयाँसहित एक भारतीय

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

मन्थली– रामेछापको मन्थली नगरपालिका–४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी

लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित

बेरुत– दक्षिणी लेबनानमा शनिबार भएको इजरायली हवाई आक्रमण र सैन्य