दिपेशलाई हराउँदै प्रिन्स बने च्याम्पियन | Khabarhub Khabarhub

दिपेशलाई हराउँदै प्रिन्स बने च्याम्पियन


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रिन्स दाहालले १० औँ पुष्पलाल स्मृति ब्याडमिन्टन र्‍यङकिङ प्रतियोगिताको उपाधि हात पारेका छन्।

उनले आइतबार भएको फाइनलमा नेपालका पूर्व च्याम्पियन पुलिस क्लबका दिपश धामीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन्।

प्रिन्सले दिपेशलाई पहिलो सेटमा २१-१८ र दोस्रो सेटमा २१-१३ मा रोकेका हुन्।

यसअघि सेमिफाइनलमा रत्नजित तामाङलाई पराजित गर्दै फाइनल प्रवेश गरेका प्रिन्सको यो अहिलेसम्मकै ठूलो सफलता हो। उनी पहिलोपटक नेपाल च्याम्पियन बनेका छन्।

यस्तै महिलातर्फ जेसिका गुरुङले महिला सिंगल्सको उपाधि हात पारेकी छन्। पुरुष एकल र महिला एकलका विजेताले समान २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ४ : ५७ बजे

जरिवाना नतिरेको भन्दै एमाले कार्यालय पुग्यो महानगरको टोली

काठमाडौं- यही शुक्रबार काठमाडौं महानगरपालिका-१ दरबारमार्गमा फोहोर गरेको भन्दै तोकिएको

मह बेचेर वार्षिक चार लाख आम्दानी

मुगु– जिल्लाको छायाँनाथरारा नगरपालिका–६ लिउँडी गाउँका रूपबहादुर सेजुवालले मह बेचेर

जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु

अम्मान– जोर्डनको राजधानी अम्मानमा इजरायली दूतावास रहेको क्षेत्रमा आइतबार बिहान

सिनामंगलको होटलमा मृत भेटिएका जोडी हिजोमात्रै क्यानाडाबाट आएका थिए

काठमाडौं- काठमाडौंको सिनामंगलस्थित होटल जन्मभूमिको कोठाबाहिरको बरन्डामा झुन्डिएको अवस्थामा भेटिएका

नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रयास विश्वका लागि उदाहरणीय : सभामुख

काठमाडौं– सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा