मौसममा न्यूनचापीय प्रणालीको सामान्य प्रभाव, पहाडमा बदली, तराईमा हुस्सु | Khabarhub Khabarhub

मौसममा न्यूनचापीय प्रणालीको सामान्य प्रभाव, पहाडमा बदली, तराईमा हुस्सु


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अहिले प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसम आंशिक बदली रहेको छ । उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले मौसम बदली भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भू-भागहरुमा आकाशमा बादललागे सँगै राम्रोसँग घाम नालाग्दा दिउसोको तापक्रममा हल्का गिरावट आउने छ । तराईका केही भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान
माघ ५ गते (सोमबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : देशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।

माघ ६ गते (मंगलबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

माघ ७ गते (बुधबार)
दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ७ : ०५ बजे

नेपालमा थप लगानी गर्न जापानका व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा

दलहरूको आम्दानी : एमाले, माओवादी, रास्वपाको सदस्यता शुल्क र नवीकरण, कांग्रेसको चन्दा !

काठमाडौं- देशका ११५ मध्ये ८८ राजनीतिक दलहरूले गत आर्थिक वर्ष

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो ७४५ ग्राम सुन बरामद

 काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो ७४५ ग्राम सुनसहित

शेयर बजारमा उछाल, ४९ अंकले बढ्दा ११ अर्ब बढीको कारोबार 

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ ।

सुर्खेत आउँदै गरेको फोर्स गाडी दुर्घटना, १६ जना घाइते

सुर्खेत– सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका