ढोरपाटन क्षेत्र जाडो बढ्यो, धारा र खोलामै जम्यो बरफ « Khabarhub

ढोरपाटन क्षेत्र जाडो बढ्यो, धारा र खोलामै जम्यो बरफ


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– ढोरपाटन सिकार आरक्ष क्षेत्रमा चिसो बढेसँगै जनजीवन कष्टकर बनेको छ। तापक्रम माइनसमा झरेपछि बग्ने पानी पनि जम्न थालेको छ।

चिसोका कारण खोला तथा खोल्सा र धाराको पानी जम्न थालेको स्थानीय बासिन्दाले बताए। बाग्लुङ र म्याग्दीको सीमाक्षेत्रमा बग्ने गुरघार खोला बिहानको समयमा जमेर सिसाजस्तो बन्ने गरेको छ।

दिउँसोको समयमा चिसो हावा चल्ने र अन्य समयमा चिसो हुँदा स्थानीयवासीलाई घरबाहिरको काम गर्न पनि कठिन भएको छ। चिसो बढेपछि विद्यालयको पठन–पाठन पनि बन्द गरिएको ज्योति विकास आधारभूत विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले बताए।

ढोरपाटन क्षेत्रमा पर्ने विद्यालय हिउँदको समयमा हरेक वर्ष ४५ दिन बन्द हुने गर्छन्। यसपालि पनि २ फागुनसम्म बन्द गरिएको प्रधानध्यापक अदैले बताए।

चिसो बढेपछि खेतीपाती, भेडा, च्यांग्रा तथा भाईभैँसी लिएर लेक गएका स्थानीय बासिन्दा पनि बेँसी बोङगादोभान, बोवाङ, अधिकारी चौर झरेका छन्।

अहिलेसम्म हिमपात भने भएको छैन। ‘हिमपात भएको छैन। तापनि, बिहान र बेलुकी साह्रै चिसो छ,’ उनले भने, ‘बिहानको चिसोले खोला र धाराको पानी जमेर बरफ बनेको छ। पानी जमेर धाराबाट आउँदैन।’ तातोपानी खन्याएपछि मात्र पानी बनेर बग्ने गरेको उनले बताए।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ९ : ५९ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको