ज्येष्ठ नागरिक साक्षर कक्षालाई २० हजार डलर राशिको युनेस्को पुरस्कार « Khabarhub

ज्येष्ठ नागरिक साक्षर कक्षालाई २० हजार डलर राशिको युनेस्को पुरस्कार


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ज्येष्ठ नागरिकलाई साक्षर बनाउने अभियानमा संलग्न एजिङ नेपाल नामक संस्थाले युनेस्कोको ‘किङ सेजोङ साक्षरता पुरस्कार’ प्राप्त गरेको छ।

विश्वका दुई देशका संस्थाले पाएको उक्त पुरस्कारमध्ये नेपालको एजिङ नेपालले २० हजार अमेरिकी डलर राशीको पुरस्कार प्राप्त गरेको हो । त्यस्तै सन् २०२० का लागि प्रदान गरिएको सो पुरस्कार बेलायतको वर्ल्ड स्कुलले पनि पाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री कृष्णगोपाल श्रेष्ठले एजिङ् नेपालका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ् मास्टर)लाई किङ् सेजोङ् युनेस्को पुरस्कार हस्तान्तरण गरेका हुन ।

पुरस्कार वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाली संस्थाले यती ठूलो राशीको पुस्कार पाउनु गौरवको विषय भएको बताए ।

पुरस्कारका लागि विश्वभरिका ७६ संस्थाहरुको सिफारिस परेका थिए ।

कार्यक्रममा युनेस्को नेपालका आवासीय प्रतिनिधि क्रिस्टेन मेनहार्टले साक्षरता उन्मुलन गर्न नेपालले गरेको योगदान महत्त्वपूर्ण रहेको चर्चा गर्दै यो पुरस्कारले नेपालको शान बढेको बताए।

कार्यक्रममा शिक्षासचिव गोपीनाथ मैनालीले पुरस्कृत संस्थाले गरेको योगदानको प्रशंसा गर्दै सरकारले थप सहयोग गर्ने बताए।

 

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ७ : १२ बजे

मिसाइल खस्दा पनि काम गर्न बाध्य छन् खाडीका विदेशी कामदार

काठमाडौं- लामो समयदेखि रोजगारीको प्रमुख गन्तव्य मानिँदै आएका खाडी मुलुकहरू

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा