नेपाललाई कोभिड-१९ खोप उपलब्ध गराउन भारत दृढ संकल्पित, आगामी साता आपूर्तिको मिति घोषणा « Khabarhub

नेपाललाई कोभिड-१९ खोप उपलब्ध गराउन भारत दृढ संकल्पित, आगामी साता आपूर्तिको मिति घोषणा


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा उत्पादन भएको कोरोनाविरुद्धको खोप प्राप्त गर्ने नेपाल पहिलो मुलुक हुने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् ।

भारतीय प्रधानमन्त्रीले नेपाललाई भारतमा प्रयोग गरिएका दुई वटा खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

आगामी साता उक्त खोपहरु आपूर्तिको तालिका घोषणा गरिने भएको छ । प्रधानमन्त्री मोदीको यो प्रतिबद्धता नेपाल-भारत संयुक्त आयोगको छैटौं बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उपस्थित बैठकमा भारतीय सकमक्षी एस जयशंकरले व्यक्त गरेका थिए ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीका आलोचकहरुले परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई नकारात्मक रुपमा टिप्पणी गरिरहेका समयमा परराष्ट्रमन्त्री ज्ञवालीले भने आफ्नो कूटनीतिक वार्ता र मर्यादाले गर्दा भारतीयहरुलाई प्रभावित पारेका छन् ।

जनवरी १६ मा प्रधानमन्त्री मोदी कोरोनाविरुद्धको खोपको सुरुवातका लागि व्यस्त रहेकोले परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्न सकेनन् । प्रधानमन्त्री मोदीकै आग्रहमा आफूपछिको वरीयतामा रहेका भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग परराष्ट्रमन्त्री ज्ञवालीले भेट गरेका थिए ।

भारतले भुटान, बंगलादेश, म्यानमार, माल्दिभ्स जस्ता मुलुकहरुलाई पनि भारतले खोप उपलब्ध गराउने प्रतिबद्धताको प्राथमिकतामा राखेका छन् । भारतले छिमेकी मुलुकहरुलाई सहयोगका गर्नका लागि आपतकालीन प्रयोगमा आएका खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो ।

सरकारी वार्तालापका अनुसार ज्ञवालीले भारतीय विदेशमन्त्री जयशंकरलाई भारतीय खोप प्राप्त गर्न नेपालले तयार पारेको मोडलबारे नेपालका नियामकसँग वैदेशिक प्रतिष्ठानको भ्रमणका लागि स्वीकृति दिएकोसमेत जानकारी गराएका छन् ।

दुबै देशहरु चाँडै मेडिकल मोड्युलको प्रशिक्षणको बारेमा छलफल गर्न लागेका छन् । नेपालले पनि खोप प्राप्त गरेलगत्तै नेपालमा कोरोनाविरुद्ध फ्रन्टलाइनमा काम गरिरहेकाहरुलाई प्राथमिकतामा राखेको छ ।

नेपालमा हाल दुई हजार ६७ हजारभन्दा बढी कोरोना संक्रमित रहेका छन् । चीनबाट उत्पत्ति भएको कोरोना भाइरसको संक्रमणले नेपालमा हालसम्म एक हजार ९५४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ७ : ५९ बजे

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट

उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार अज्ञात आतंककारीहरूले

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन