नवलपुरमा राष्ट्रिय परिचयपत्रका लागि लगत संकलन शुरु « Khabarhub

नवलपुरमा राष्ट्रिय परिचयपत्रका लागि लगत संकलन शुरु


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासी जिल्लामा आजदेखि राष्ट्रिय परिचयपत्रका लागि लगत संकलन कार्य शुरु गरिएको छ ।

नवलपरासीपूर्व गैंडाकोट नगरपालिकाबाट राष्ट्रिय परिचय पत्रको लागि लगत संकलन कार्य सुरु गरिएको हो ।

जिल्लामा पहिलो पटक गैँडाकोट नगरपालिकाका १८ वटै वडामा एकैसाथ परिचयत्रको लगत संकलन कार्य सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताए ।

लगत संकलन कार्य १५ दिनसम्ममा सम्पन्न हुने नगरपालिकाले जनाएको छ । सबै वडाहरुको वडा कार्यालय र जनसंख्याका आधारमा थप केन्द्रहरु संचालन गरेर काम सुरु गरिएको गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिए ।

परिचयपत्र बनाउको लागि नेपाली नागरिकताको सक्कल प्रमाणपत्र अनिवार्य गरिएको भुसालले बताए ।

नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाण वा स्थानीय तहको सिफारिस, नागरिकता प्रमाणपत्रमा उल्लेख भएको ठेगानाभन्दा फरक ठेगाना भएमा बसाइँसराइँको प्रमाणपत्र, नागरिकता प्रमाणपत्रमा पति, पत्नीको नाम नखुलेमा विवाहदर्ता प्रमाणपत्र, नागरिकतामा अङ्ग्रेजीमा नाम नखुलेको भए अङ्ग्रेजीमा नाम खुल्ने प्रमाणपत्र पेश गर्नु पर्ने भुसालले बताए ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ९ : ३९ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी