दूतावासका कर्मचारीलाई कोरोना संक्रमण, यूएईमा कन्सुलर सेवा स्थगित « Khabarhub

दूतावासका कर्मचारीलाई कोरोना संक्रमण, यूएईमा कन्सुलर सेवा स्थगित


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- संयुक्त अरव ईमिरेट्स (यूएई) स्थित नेपाली दूतावासमा कार्यरत केही कर्मचारीलाई कोभिड-१९ को संक्रमण भएको भन्दै कन्सुलर सेवाहरू बन्द गरिएको छ ।

दूतावासले एक सूचना जारी गर्दै सेवा लिन आउनेहरुसँग प्रत्यक्ष सम्पर्कमा आउने केही कर्मचारीहरूमा कोभिडको संक्रमण भई आवश्यक स्वास्थ्य सावधानी अपनाउनु पर्ने भएकाले  कन्सुलर सेवाहरु माघ ६ गतेदेखि केही दिनका लागि बन्द गरिएको जनाएको छ ।

दूतावासका अनुसार राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारेसनामा, मागपत्र प्रमाणीकरण लगायतका अन्य कागजात प्रमाणीकरणको काम स्थगन भएको छ । संक्रमणमुक्त भएको सुनिश्चित गरी स्थगित सेवाहरु यथाशीघ्र फेरि सुरू गरिने पनि जनाइएको छ ।

अत्यन्त जरूरी एवं भौतिक उपस्थिति विना लिन सकिने सेवाहरू भने यथावत प्रदान गरिएको दूतवासले जनाएको छ। यसका लागि दूतावासको फोन नम्बर ०२६३४४ ३८५ र ईमेल [email protected] मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ८ : ०५ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं