बाबुरामलाई करिश्माको प्रश्न- यही हो राजनीतिक संस्कार ? « Khabarhub

बाबुरामलाई करिश्माको प्रश्न- यही हो राजनीतिक संस्कार ?


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली फिल्म क्षेत्रकी सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धर कुनै समय पूर्वप्रधानमन्त्री तथा नेता डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिमा आबद्ध थिइन् ।

नयाँ शक्तिमा रहँदा उनले पार्टीको हरेक गतिविधिमा सक्रिय सहभागिता जनाइन् । पछिल्ला वर्षमा आफ्नो पढाईलाई निरन्तरता दिएपछि उनले नयाँ शक्तिबाट आफूलाई अलग्याइन् । अहिले डा. भट्टराई पनि नयाँ शक्तिबाट जनता समाजवादी पार्टीका नेता भइसकेका छन् ।

करिश्मा सामाजिक सञ्जालमा सक्रिय सेलिब्रेटीमा पर्छिन् । उनी राजनीतिक, सामाजिकलगायतका विषयबस्तुमा आफ्ना धारणा राख्दै आइरहेकी छन् ।

यिनै करिश्माले डा. भट्टराईलाई राजनीतिक संस्कार सिक्न आग्रह गरेकी छन् । डा. भट्टराईले फेसबुकमा ‘ओली प्रतिगमनविरुद्ध आज (माघ ७ गते) सबै जिल्लाहरुमा हुने जसपाको जनसभामा सहभागी बनौं । म कैलालीको टीकापुरमा हुने जनसभामा सहभागी हुनेछु’ भन्दै स्टाटस पोस्ट गरेपछि करिश्माले त्यो स्टाटसमा आफ्नो आक्रोश पोखेकी छन् ।

करिश्माले बाबुरामको स्टाटसलाई शेयर गर्दै भनेकी छन्, ‘तपाईँ जस्तो पढे लेखेको, राजनीति गर्ने मानिसको उर्जा अर्को पार्टीको विरोधमा मात्रै सीमित भएको देखेर दुःख लाग्छ डा. साब । यही हो नेपालीले पाएको गणतन्त्र ! यही हो राजनीतिक संस्कार ? देश विकास कहिले हुने ?’

करिश्माको पछिल्ला स्टाटस हेर्दा उनमा राजनीतिक वितृष्णा रहेको बुझ्न गाह्रो छैन । बुधबार मात्रै उनले ‘संसद विघटनमा लडाइँ रे । धार त प्रष्ट छ । जनतालाई दुःख दिने ?’ स्टाटस पोस्ट गरेकी छन् ।

नयाँ शक्तिले दशरथ रंगशालामा गरेको कार्यक्रम सञ्चालन गर्दा बोल्न नजानेको भन्दै उनको आलोचना भएको थियो ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  १२ : १५ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच