मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस (भिडियोसहित) | Khabarhub Khabarhub

मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस (भिडियोसहित)


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस भएको छ ।

शुक्रवार बसेको प्रदेश सभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले सांसद अरुण नेपाललाई मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव सदनमा पेस गर्न अनुमति दिएका हुन ।

हेरौँ भिडियो

अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस गर्दै पूर्व उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्रीसमेत रहेका नेपालले मुख्यमन्त्री पौडेलले तीन वर्षको अवधिमा प्रदेशलाई स्थापित गर्नबाट चुकेको, कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर रहेको र प्रदेशप्रति जनताको विश्वास कमजोर बन्दै गएको कारण अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए ।

सदनमा मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको समेत उनले बताए ।

अब प्रदेश सभाको आउँदो १९ गते २ बजे बस्ने बैठकमा अविस्वास प्रस्तावमाथि छलफल हुनेछ । प्रदेश सभाका सभामुख श्रेष्ठले अर्को बैठकमा छलफल गर्ने गरि शुक्रवारका लागि बैठक सकिएको जानकारी गराएका थिए ।

गएको पुस १० गते सत्तारुढ नेकपाका प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदहको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता भएको थियो ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ६ : ०७ बजे

‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा

महोत्सवमा सुर्तीजन्य पदार्थ प्रचार गर्ने उत्पादकलाई स्वास्थ्य मन्त्रालयले कार्वाही गर्ने 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेला महोत्सवमा आफ्नो प्रचार गर्ने

कर्भ इभी नेपालमा सार्वजनिक, मूल्य कति ? 

काठमाडौं– टाटा इभीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रालिले कर्भ इभीको टप भेरियन्ट

‘लैङ्गिक अल्पसङ्ख्यकको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध’  

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले यौनिक

ट्रम्पले विदेशी नागरिकलाई भने– ५० लाख डलर देऊ, नागरिकता लैजाऊ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० लाख डलर तिरेर विदेशीलाई