जनगणनाका लागि ४७ हजार कर्मचारी माग | Khabarhub Khabarhub

जनगणनाका लागि ४७ हजार कर्मचारी माग


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्को वर्ष हुने जनगणनाका लागि सरकारले करारमा ४७ हजार कर्मचारी माग गरेको छ।

आगामी वर्ष २०७८ मा राष्ट्रिय जनगणना हुँदैछ। त्यसका लागि केन्द्रीय तथ्यांक विभागले ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक माग गरेको हो।

जनगणनाका लागि सबै कर्मचारी करारमा नियुक्त गरिनेछ। यसका लागि अनलाइनमार्फत दरखास्त दिन सकिनेछ।

केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा गएर चैत ११ गतेदेखि अनलाइनमार्फत दरखास्त दिन सकिनेछ। दरखास्तका लागि ६० दिनको म्याद दिइएको छ।

अनलानइको पहुँच नभएकाहरुले जिल्ला तथा प्रदेश जनगणना कार्यक्रमको कार्यालयमा गएर दरखास्त दिन सक्ने विभागले जनाएको छ। कार्यालयमा भने चैत ५ देखि ११ गतेसम्म दिन सकिने व्यवस्था गरिएको छ।

गणक र सुपरिवेक्षकका लागि कम्तिमा स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। एक जनाले एक पदका लागि मात्रै दरखास्त दिनसकिनेछ।

जनगणनामा करिब चार अर्ब बजेट विनियोजन भएको विभागले जनाएको छ। वैशाखमा चुनाव भएपनि जनगणनालाई असर नपर्ने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविन लाल श्रेष्ठले बताए।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ११ : ३० बजे

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै