यातायात कार्यालय जनकपुरका एक कर्मचारी र ‘दलाल’ ३ लाख घुससहित पक्राउ  « Khabarhub

यातायात कार्यालय जनकपुरका एक कर्मचारी र ‘दलाल’ ३ लाख घुससहित पक्राउ 


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– यातायात कार्यालय जनकपुरधाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारी कार्यालय सहयोगी र एक जना ‘दलाल’लाई ३ लाख बढी घुस रकमसहित पक्राउ गरेको छ ।

मंगलबार अख्तियारको टोलीले विभागमा छापामारेको हो । छापाका क्रममा घुस रकमसहित कार्यालय सहयोगी भोगेन्द्र कापर र दलाल राजकिशोर भगतलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

कार्यालय सहयोगी कापरहो साथबाट २ लाख ५० हजार ८ सय २० रुपैयाँ र भगतको साथबाट ५० हजार रकम बरामद भएको अख्तियारका प्रवक्ता मनिराज ज्ञवालीले जानकारी दिए ।

उनीहरुको साथबाट चालक अनुमति पत्र लिनका लागि दिइने परीक्षाको प्रवेशपत्र र केही कागजात समेत फेला परेको उनले बताए ।

यातायात व्यवस्था विभाग धनुषाका छैटौँ तहका कर्मचारी तेजेन्द्र गिरी भनिने अनिल गिरीले कार्यालय सहयोगीमार्फत दलालसँग घुस लिन पठाएको सूचनाको अधारमा अख्तियारले छापा मारेको जनाएको छ ।

उनले दलालसँग केही दिन अगाडि चार पाङग्रे सवारी (स्काइभेटर, डोजर)को चालक अनुमति पत्र बनाइदिने भन्दै कार्यालय सहयोगी कापरलाई दलालभगतसँग घुस रकम लिन पठाएको सूचनाका अख्तियारले प्राप्त भएको थियो ।

घुस रकम माग गरेका मुख्य योजनाकार तेजेन्द्र गिरी भनिने अनिल गिरी फरार भएका छन् ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  १० : १४ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था