अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ८० प्रतिशत सम्पन्न « Khabarhub

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ८० प्रतिशत सम्पन्न


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– गोदावरीमा निर्माणाधीन तीन हजार सिट क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम ८० प्रतिशत सम्पन्न भएको छ ।

गोदावरी नगरपालिका–३ मा शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभाग र केसी समानान्तर जेभीबीच गत वर्ष २०७६ कात्तिक २० मा सम्झौता भई कात्तिक २१ गतेबाट भवन निर्माणका लागि खाडल खन्न शुरु गरिएको थियो ।

केन्द्र भवनको भूइँतलामा टाइल हाल्ने काम ७५ प्रतिशत सकिएर शौचालय, स्नानगृह र धारा हाल्ने काम ९० प्रतिशत सम्पन्न गरिनुका साथै केन्द्रको मुख्य भवनबाहेक अन्यमा एसी जडानको कामसमेत सकिसकेको विभागका सव–इञ्जिनीयर रामचन्द्र मेहेता कुशहवाले बताए । उनले भने, “हालसम्म केन्द्रभित्रको काम ८० प्रतिशत सम्पन्न भइसक्यो । फल्स सिलिङको काम सातदेखि १० दिनमा सकिन्छ भने भवनको उत्तर र दक्षिणपट्टि एक–एक लिफ्ट हाल्ने काम पनि १५ देखि २० दिनमा सकिने छ ।”

सम्मेलन केन्द्रमा ए, बी र सी नामक तीन ब्लक रहँदा ‘ए’ र ‘सी’ भने सम्मेलन केन्द्र प्रवेश गर्ने थलो रहनुका साथै ‘बी’ मा तीन हजार क्षमताको कक्ष रहनेछ । ‘सी’ ब्लक भवनमाथि छत ढलान र भूइँतला टायल हाल्न बाँकी रहेको कुशहवाले जानकारी गराएका छन् । केन्द्रको ‘बी’ ब्लकमा हालिने तीन हजार मेच आइसक्यो । तीमध्ये दुई हजार ५०० फिट भइसके भने जडान गर्न सबै नै बाँकी रहेको जेभीका स्थलगत इञ्जिनीयर भरतकुमार यादवले बताए ।

उनले भने, “केन्द्रको छतमा ‘रुफ प्यानल’ जडान, वरपर सडक निर्माण र तीनवटा प्रवेशद्वार बनाउन बाँकी छ । भवन दुई तलामाथि र पूर्वतिर भूइँमा टायल हाल्ने काम सकिएर पश्चिमतर्फ मात्र टायल हाल्न बाँकी छ ।”

केन्द्र भवनको छतमा ०.५ एमएम मोटाइको प्यानल प्रयोग गर्न सबै बाँकी रहेको र बीचमा ट्रष्टमाथि प्यानल र मुनि सिलिङ रहने यादवले जानकारी दिए ।

केन्द्र भवनमा मुलुकमै पहिलोपटक ५८ मिटर लामो ट्रष्ट हालिएको जेभीका परियोजना प्रबन्धक महेश भट्टले बताए । उनले कोरोना महामारी पटकपटक सातदोवाटो–गोदावरी खण्डको सडक बन्दले केन्द्रमा आवश्यक सामग्री ढुवानी गर्न समस्या भएको उल्लेख गरे ।

पहिलोपटक २०७६ को अन्त्य अर्थात् चैत २४ गतेभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको थियो । दुई महिना त्यस क्षेत्रभित्रका रुख काट्न, बेलाबेलामा पानी परेर मौसमले साथ नदिँदा बिहान अनि बेलुका दुवै समय काम गर्न पाएनौँ र पछि कोभिड महामारीले गत चैतदेखि असार मसान्तसम्म लगभग चार महिना काम ठप्प भएको भट्टले जानकारी गराए । उनले भने, “आउँदो चैत २८ गतेसम्म केन्द्र निर्माणको काम सम्पन्न गरिसक्ने छौँ । नयाँ वर्षमा सम्मेलन केन्द्र तयार हुन्छ ।”

केन्द्र निर्माणपछि गोदावरीमै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सकिने भएको छ । सम्मेलन केन्द्रले ६० हजार वर्ग फिट अर्थात् २५ रोपनी क्षेत्रफल ओगटेको बताइएको छ । जेभीले सरकारसँग रु ६५ करोड ८१ लाख ६५ हजार ४५९ मा भ्याटसहित निर्माण सम्पन्न गर्ने ठेक्का लिएको जेभीका साइट इञ्जिीनियर पवन मैनालीले बताए ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १ : २० बजे

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले