सेयर बजार नेप्सेमा नयाँ रेकर्ड, ८ अर्बको कारोबार | Khabarhub Khabarhub

सेयर बजार नेप्सेमा नयाँ रेकर्ड, ८ अर्बको कारोबार


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको चौथो करोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । बजार परिसूचक नेप्से बुधबार १८.७६ अंकले बढ्दा २४४१.८५ अंकमा बन्द भएको छ । जुन अंक हालसम्मकै उच्च हो।

यस दिन ८ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। निर्जीवन बीमा ४६४, माइक्रोफाइनान्स ६७ अंकले बढेको छ। त्यस्तै जीवन बीमा समूह ६.२५ प्रतिशतले बढेको छ।

तिबाहेक अरु समूहहरु घटेका छन्। बैंकिङ १०, होटल २४, विकास बैंक ६, जलविद्युत ४, फाइनान्स ६ र उत्पादन ३३ र अन्य समूह २ अंकले घटेका छन्।

यस दिन नेपाल लाइफ इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, गुराँस लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, नेसनल हाइड्रोपावरको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढ्यो।

यस दिन पोखरा फाइनान्सको मूल्य ७ प्रतिशतले घटेको छ। कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ९३ करोड रुपैयाँ बराबरको कारोबार भयो।

घोषित बोनसपछि मूल्य समायोजन भएको सो कम्पनीको फेरि १० प्रतिशतले बढेको छ। त्यस्तै प्राइम कमर्सियल बैंकको ३७ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भयो।

 

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ४ : २८ बजे

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ

जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि

आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली– ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

भद्रपुर– यहाँस्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर

ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई

रामपुर– पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो

मादल बिक्री नभएपछि व्यवसायी निराश

ढोरपाटन– पाँच वर्षअगाडिसम्म निसीखोलाका तुबहादुर परियारले मादल व्यवसायबाटै आफ्नो घरखर्च