अदालतको अवहेलनाविरूद्धका सबै रिटमा सुनुवाइ जारी « Khabarhub

अदालतको अवहेलनाविरूद्धका सबै रिटमा सुनुवाइ जारी


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अदालतको अवहेलनाविरूद्ध परेका सबै रिटमाथि  सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।

न्यायाधीश मनोज शर्माको इजलासमा सुनुवाइ भइरहेको हो । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधिन रहेका बेला त्यसलाई प्रभाव पार्न खोजेको भन्दै प्रधानमन्त्री, चारपूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई विपक्षी बनाएर रिट हालिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र  सुशीला कार्कीकाविरूद्ध मुद्दा दायर भएको छ ।

प्रधानमन्त्रीले बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी ‘तमासा देखाउन एक जना बाजे’ पनि अदालत पुगेको भन्दै अभिव्यक्ति दिएपछि अदालतको अवहेलना भएको भन्दै अधिवक्ता कन्चनकृष्ण न्यौपानेले निवेदन पेश गरेका थिए ।

चार पूर्वप्रधानन्याधीशहरूले वक्तव्य नै जारी गरेका थिए । उनीहरूकाविरूद्ध अधिवक्ता धनजित बस्नेत र लोचन भट्टराईले रिट हालेका छन् ।

यस्तै पूर्वसभामुख ढुंगानाले पनि विचारधीन मुद्दाविरूद्ध हुने गरी अभिव्यक्ति दिएको आरोप लगाउँदै अधिवक्ता राजराम घिमिरेले रिट हालेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  १२ : ४८ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी