दुर्घटनामा मृत्यु भएका पुरूषको भएन सनाखत « Khabarhub

दुर्घटनामा मृत्यु भएका पुरूषको भएन सनाखत


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली–कोटेश्वर जाने सडकखण्डमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

उनको मृत्यु दुर्घटनाबाट भएको प्रारम्भिक अनुसन्धानबाट खुले पनि ठक्कर दिने सवारीको अझै पहिचान भएको छैन । मृतकको समेत सनाखत हुन सकेको छैन ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार आफन्तको पहिचानको प्रयास भइरहेको छ ।

अन्दाजी ५० वर्षीय पुरुषको साथमा परिचय खुल्ने कुनै पनि कागज नभेटिएकाले मृतकको पहिचान हुन नसकेको उनले बताए ।

कालो धर्के सर्ट, कालो ट्राउजर र खैरो जुत्ता लगाएका उनको पैदल हिँड्ने क्रममा आज बिहान सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको प्रहरीको आकलन छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  १ : २५ बजे

‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सुरक्षित,

काठमाडौंमा पनि मनाइयो ८१औँ विजय दिवस

काठमाडौं- एकासीऔँ विजय दिवसका अवसरमा काठमाडौंस्थित रुसी दूतावासको आयोजनामा कमलपोखरीको

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास

मुस्ताङ– यहाँस्थित नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा प्रतिकूल

तनहुँ जलविद्युत् आयोजना : रूख कटानको अनुमति प्राप्त

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका

माइतीघरमा श्रम संस्कृति पार्टीको नारा- ‘यो देश गरीबको पनि हो’

काठमाडौं– माइतीघर मण्डलामा श्रम संस्कृति पार्टी बागमती प्रदेशले सुकुम्वासी तथा