दुर्घटनामा मृत्यु भएका पुरूषको भएन सनाखत | Khabarhub Khabarhub

दुर्घटनामा मृत्यु भएका पुरूषको भएन सनाखत


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली–कोटेश्वर जाने सडकखण्डमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

उनको मृत्यु दुर्घटनाबाट भएको प्रारम्भिक अनुसन्धानबाट खुले पनि ठक्कर दिने सवारीको अझै पहिचान भएको छैन । मृतकको समेत सनाखत हुन सकेको छैन ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार आफन्तको पहिचानको प्रयास भइरहेको छ ।

अन्दाजी ५० वर्षीय पुरुषको साथमा परिचय खुल्ने कुनै पनि कागज नभेटिएकाले मृतकको पहिचान हुन नसकेको उनले बताए ।

कालो धर्के सर्ट, कालो ट्राउजर र खैरो जुत्ता लगाएका उनको पैदल हिँड्ने क्रममा आज बिहान सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको प्रहरीको आकलन छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  १ : २५ बजे

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छः सभामुख घिमिरे

ललितपुर – सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र

आज २०८२ साल भदौ ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ