९ लाख ८३ हजार भ्रष्टाचार गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा | Khabarhub Khabarhub

९ लाख ८३ हजार भ्रष्टाचार गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नापी कार्यालय भैरहवामा तत्कालीन नापी अधिकृत घनश्याम दुवेसमेत तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार भैरहवाका तत्कालीन नापी अधिकृत दुवे र सर्भेक्षक रामराज यादवले पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्तिको हानीनोक्सानी पुर्‍याई व्यक्ति विशेषलाई गैरकानूनी लाभ हुने गरी जग्गाको मूल्य रु नौ लाख ८३ हजार ७०० कायम गरेको पाइएको छ ।

जग्गाधनी मुना पासिनले नापी कार्यालयका कर्मचारीलाई अनुचित प्रभावमा पारी आफू गैरकानूनी लाभ हुने र नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएको पाइएको छ ।

आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार आयोगले उनीहरु विरुद्ध रु नौ लाख ८३ हजार ७०० बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ७ : ०७ बजे

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छः सभामुख घिमिरे

ललितपुर – सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र

आज २०८२ साल भदौ ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ