वर्ल्ड लिंकले ३ अर्ब लगानीमा १४ वटा डाटा सेन्टर स्थापना गर्ने « Khabarhub

वर्ल्ड लिंकले ३ अर्ब लगानीमा १४ वटा डाटा सेन्टर स्थापना गर्ने


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्टरनेट तथा नेटवर्क सेवाप्रदायक वर्ल्ड लिंक कम्युनिकेशनस् लिमिटेडले देशका विभिन्न स्थानमा डाटा सेन्टर निर्माण गर्ने भएको छ ।

३ अर्ब लगानीमा आगामी ३ वर्षभित्र काठमाडौँ, भक्तपुर, लेखनाथ, हेटौडा, भरतपुर, बुटवल, दुहावी, बिरगञ्ज, कोहलपुर, अत्तरिया, ढल्केबर, सुर्खेत, भैरहवा लगायतका स्थानमा डाटा सेन्टर स्थापना गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीले बिहीवार आयोजना गरेको भर्चुयल मिटिङमा बोल्दै संस्थाका कार्यकारी निर्देशक केशव नेपालले इन्टरनेटको विकासको लागि अग्रगामी सोच लिदैँ देशका विभिन्न स्थानमा डाटा सेन्टर निर्माण गर्न लागेको बताए ।

नेपाल सरकारले लिएको डिजिटल नेपालको अवधारणा अनुरुप नै डाटा सेन्टरले सम्बोधन गर्ने कम्पनीका प्रबन्ध निर्देशक दिलीप अग्रवालले जानकारी दिए ।

‘यो ठुलो प्रयास हो यसका लागि हामीले विभिन्न कम्पनीहरुसँग सहकार्य गर्ने छौं’ उनले भने, ‘यद्यपी अहिलेसम्म कुन कम्पनी भन्ने यकिन भएको छैन हामी छलफल गरिरहेका छौं ।’

नेपालको कुनाकाप्चासँग वर्ल्ड लिंक पुर्‍याउँदै जनताको पहुँचमा इन्टरनेट पुर्याउने उद्देश्यका साथ वर्ल्ड गाउँगाउँमा विस्तार हुँदै गएको छ ।

हालसम्म देशभरका ४ लाख ५४ हजार ६ सय घरधुरीमा २६ लाखभन्दा बढी वर्ल्ड लिंकका प्रयोगकर्ता रहेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ७ : २९ बजे

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १३ गते शनिबार सन् २०२६

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक