नेपालमा फेरि न्युन चापीय प्रणालीको असर, कस्तो रहला मौसम ? | Khabarhub Khabarhub

नेपालमा फेरि न्युन चापीय प्रणालीको असर, कस्तो रहला मौसम ?


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा फेरि न्युन चापीय प्रणालीको प्रभाव परेको छ ।

भारतको राजस्थान, आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव को आंशिक प्रभाव रहेको छ।

सोही प्रभावले आज पनि तराईमा बाक्लो हुस्सु लागेको छ । पहाडी भेगमा आंशिक बदलीको अवस्था छ भने अन्यत्रको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस छ । दिउँसो उपत्यकाको तापक्रम २० डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाले जारी गरेको तीनको मौसम पूर्वानुमान वुलेटिनमा आज दिउँसो र राति देशका विभिन्न स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ १६ गते (शुक्रबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा  साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ १७ गते (शनिबार)

दिउँसो : प्रदेश-१ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : प्रदेश-१ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ १८ गते (आईतबार)

दिउँसो : प्रदेश न. १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१को उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : प्रदेश-१ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ८ : १० बजे

पिपुल्स पावर हकप्रद शेयर लिलामी बिक्रीमा

काठमाडौं – पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर लिलामी बिक्रीमा राखेको

माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर

सुत्केरीलाई पोषण सामग्री वितरण

भोजपुर– सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले

सागर डिष्टिलरीको आइपीओ बाँडफाँड

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले साधारण शेयर (आइपीओ) बाँडफाँड गरेको छ।

साफ यु–१७ महिला च्याम्पियनसिप : नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र