ओलीले संविधानको ‘घाँटी न्याक्ने’ काम गरे : अध्यक्ष नेपाल (भिडियोसहित) « Khabarhub

ओलीले संविधानको ‘घाँटी न्याक्ने’ काम गरे : अध्यक्ष नेपाल (भिडियोसहित)


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले देशभर प्रतिगमनविरुद्ध आवाज उठिरहेको चर्चा गर्दै संविधानसभाले निर्माण गरेको संविधानको घाँटी न्याक्ने काम भएको बताएका छन ।

नेकपा प्रचण्ड–माधव समूहले विराटनगरमा शुक्रबार आयोजना गरेको शक्ति प्रदर्शनमा सम्वोधन गर्दै अध्यक्ष नेपालले सङ्घीयता र लोकतन्त्रलाई सिध्याउने खेल भएको समेत आरोप लगाए ।

उनले सर्वोच्च अदालतले संविधान र जनताको भावनाअनुसार फैसला गर्नेमा आफू विश्वास रहेको बताए ।

हेरौँ भिडियो

सम्बोधनकै क्रममा नेता नेपालले ओलीको ‘सिङ जुरो’ निर्वाचन आयोगले फुकालिदिएको समेत तर्क गरे । ओलीले मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई आयोगले अमान्य घोषणा गरिदिएको तर्फ संकेत गर्दै नेता नेपालले भने, ‘निर्वाचन आयोगले ओलीको सिङ जुरो फुकालिसकेको छ । पछारिइसकेपछि पनि खुट्टामाथि उचालेर मेरो खुट्टो त माथि नै छ भन्दै हुनुहुन्छ । हार स्वीकार नगर्ने पहलमानले यसैगरी पछारिइसकेपछि पनि खुट्टो उचाल्छ र भन्छ– मेरो खुट्टो त माथि नै छ ।’

उनले बहुमत सदस्य आफ्नो पार्टीमा रहेको बताउँदै मूल पार्टी र सूर्य चिन्ह आफूहरुको नै भएको बताए ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ७ : २४ बजे

वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको

शीतलहरबाट पठनपाठनमा समस्या

महोत्तरी– शीतलहरबाट स्थानीयवासी प्रभावित हुन थालेपछि यहाँका स्थानीय तहले धमाधम विद्यालय

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका रोकायलाई

गोरखा – गोरखामा आयोजित ‘म्यान अफ द गोरखा’ दौड प्रतियोगिताको

हलेसीमा भक्तको भीड (फोटो फिचर)

काठमाडौं – खोटाङ जिल्लामा रहेको प्रसिद्ध हलेसी महादेवको दर्शन गर्न