‘मिस एयर होस्टेज इन्टरनेसनल’ सुन्दरीहरु जुटे प्रशिक्षणमा | Khabarhub Khabarhub

‘मिस एयर होस्टेज इन्टरनेसनल’ सुन्दरीहरु जुटे प्रशिक्षणमा


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एयर होस्टेजहरुको क्षमता विस्तार तथा व्यक्तित्व विकासका लागि राजधानीमा ‘नाट—मिस एयर होस्टेज इन्टरनेसनल’को दोस्रो सिजन सुरु भएको छ ।

जसअन्तर्गत दोस्रो सिजनका लागि छनोट भएका सुन्दरीहरुले नाट कलेजमा अभिनेता मनिष राउत, कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी तथा टर्किस एयरलाइन्स कन्ट्री म्यानेजर अब्दुल्ला टन्कर केसिइबाट विभिन्न विषयमा प्रशिक्षण लिए ।

नाट कलेजको आयोजना तथा क्रिजोना मिडिया ग्रुपको व्यवस्थापनमा सुरु भएको प्रतियोगितामा ३० जना एयर होस्टेज तथा एयर होस्टेज हुन चाहनेहरुको सहभागिता रहेको छ । इभेन्ट मेनेजर लभिन अन्सारीले प्रतियोगिताले एयर होस्टेजहरुलाई परिस्कृत गर्नुका साथै एयर होस्टेज हुन खोज्नेहरुको क्षमता अभिवृद्धि गर्न भुमिका खेल्ने बताए ।

प्रतियोगिताका विजेताले एयरहोस्टेज तालिममा शतप्रतिशत छात्रावृत्ति, म्युजिक भिडियोमा खेल्ने अवसरसँगै व्यक्तित्व विकाससँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय इभेन्टहरुमा सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताको फिनाले एभरेष्ट होटलमा हुनेछ ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ८ : ३६ बजे

एससिओ शिखर सम्मेलनमा सहभागी प्रथम महिलाको जलयात्रा

थियानजिन – थियानजिन शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनमा

राज्य व्यवस्थासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा संसदीय समितिका बैठक बस्दै

सप्तकोसीमा जलसतह बढेपछि ३८ ढोका खोलियो

सुनसरी – सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ १७ गते मंगलबार । भाद्र