प्रधानमन्त्री ओलीले दिए प्रचण्डलाई ‘कुहिएको आलु’को संज्ञा « Khabarhub

प्रधानमन्त्री ओलीले दिए प्रचण्डलाई ‘कुहिएको आलु’को संज्ञा


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

चितवन– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘दाहाल–नेपाल’ समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘कुहिएको आलु’को संज्ञा दिएका छन्।

भरतपुरमा शनिबार जनसभालाई सम्बोधन गर्दै ओलीले जसका लागि भोट मागेँ ऊ नै कुहिएको आलु निस्किएपछि कसरी माडी मणि बनोस् त भन्दै प्रचण्डमाथि खनिएका हुन ।

उनले २०७४ को निर्वाचनका क्रममा चितवनको पर्यटकीय केन्द्र माडी पुगेर यो ठाउँलाई मणि बनाउँछु भनेको स्मरण गर्दै आफूले प्रचण्डलाई भोट माग्दै हिँडेको स्मरण गरेका थिए ।

सम्बोधनका क्रममा ओलीले आफूहरू देश बनाउने अभियानमा जुटेको तर पार्टीबाट विभाजित भएर जानेहरू आफ्नै दुनो सोझ्याउन लागिरहेको आरोप लगाए।

उनले भने , ‘तीनवटा प्रधानमन्त्री लौरो टेकेर लुखुरलुखुर देशमा लाइन लागेर हिडनुभएको छ, बुढेसकालमा’, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाललाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरूको उद्देश्य राम्रो भएको भए स्वागत गर्न मिल्थ्यो, तर राम्रो छैन। देश सखाप पार्ने मनसाय उहाँहरूको छ।’

प्रधानमन्त्री ओलीले सरकारले तोकेकै मितिमै निर्वाचन हुने ठोकुवा गरे ।

जनताको माझमा जान डराउने व्यक्तिहरुले यो निर्वाचन हुँदैन भनेर भ्रम छर्ने काम गरेका ओलीले आरोप लगाए ।

कतिपय व्यक्तिले सरकारले घोषणा गरेको चुनाव अलमल्याउनका लागि हो भनेर भनिरहेको भन्दै प्रधानमन्त्रीले ती व्यक्तिहरु अल्मलिँदै गर्ने तर चुनाव तोकिएकै मितिमा हुने दाबी गरे ।

प्रधानमन्त्री ओलीले यसअघि कुनै पनि कठिन परिस्थितिमा घुँडा नटेकेको भन्दै नेपालको स्वाभिमान बचाउन आफूले अगुवाई गर्ने बताए ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ९ : ३४ बजे

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः