दाहाल-नेपालसहितका नेताहरू माइतीघरमा धर्नामा बस्दै | Khabarhub Khabarhub

दाहाल-नेपालसहितका नेताहरू माइतीघरमा धर्नामा बस्दै


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरूद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको नेकपाको दाहाल-नेपाल समूह आज दुई अध्यक्षसहित माइतीघरमण्डलामा धर्नामा बस्दैछ ।

प्रतिनिधिसभा भंग गराइएपछि प्रधानमन्त्री ओलीविरूद्ध पुस ५ यता आन्दोलित दाहाल-नेपाल समूहले काठमाडौँमा माघ २८ मा ‘बृहत शक्ति प्रदर्शन’ को तयारी गरेको छ ।

कार्यकर्ताको ध्यान केन्द्रित गर्न देश दौडाहामा रहेका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालसहितका शीर्ष नेता आज माइतीघरमा हुने धर्नामा सहभागी हुँदैछन् ।

चार दिनदेखि केही नेताहरू धर्नामा रहे पनि कार्यकर्ताको ध्यान केन्द्रित गर्न दुई अध्यक्ष दाहाल र नेपाल आज धर्नामा सहभागी हुने नेता बिष्णु रिजालले जानकारी दिए ।

धर्नामा विघटित प्रतिनिधिसभाका सदस्यहरु, राष्ट्रियसभा, प्रदेशसभा र दुवै संविधानसभाका सदस्यहरु सहभागी हुनेछन् ।

प्रतिनिधिसभा विघटनपछि बैधानिकरूपमा मात्र एक देखिएका नेकपाका दुबै समूहले एक अर्कालाई कारबाही गर्दै अघि बढेका छन् ।

आफू बैधानिक भएको दाबी गर्दै दुबै समूहले शक्ति प्रदर्शन गर्दै आएका छन् । दाहाल-नेपाल समूहले पुस १४ र माघ ९ मा काठमाडौँमा, माघ १६ मा विराटनगरमा तथा माघ १७मा धनगढीमा जनप्रदर्शन गरेको छ ।

ओली समूहले पनि वैशाख १७ र २७ हुने आमचुनावमा सहभागी हुन अपिल गर्दै पुस २४ मा धनगढीमा, माघ १७ मा चितवनमा प्रदर्शन गरेको छ । यो समूहले माघ २१ मा काठमाडौँमा ‘वृहत प्रदर्शन’ को तयारी गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १० : १० बजे

जेन-जीहरूको असली प्रतिनिधि पार्टी माओवादी हो : प्रचण्ड

धादिङ– नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश

ओलीले भने- नागरिकले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था आयो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकले आफ्नो सुरक्षा

मधेसमा फुट्यो जनमत : मुख्यमन्त्रीबाट हटेपछि सतिश सिंह लागे जनस्वराज पार्टीतिर

जनकपुरधाम– मधेस प्रदेशमा जनमत पार्टी औपचारिक रूपमा फुटेको छ । निवर्तमान

संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं– जेन-जी आन्दोलनपछि विघटित संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा

मैले दिएको सुझावविपरीत सरकार गठन भयो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको विषयमा