इम र प्रतिभा सम्मानित « Khabarhub

इम र प्रतिभा सम्मानित


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनोरञ्जन रमण शर्मा अवार्डबाट इम राना र प्रतिभा माली सम्मानित भएका छन्। आइतबार राजधानीमा अवार्ड कार्यक्रम आयोजना गरि खेलाडी द्वयलाई सम्मान गरिएको हो।

राना राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान हुन् भने प्रतिभा महिला टोलीका प्रभावशाली खेलाडी हुन्। अवार्ड विजेता खेलाडी द्वयले समान ३५/३५ हजार प्रदान गरिएको छ।

कप्तान राना पछिल्लो डेढ दशकदेखि नेपालका लागि अन्तर्राष्ट्रिय खेल खेल्दै आएका छन्। उनको कप्तानीमा नेपालले अघिल्लो वर्ष काठमाडौँमा भएको साग र त्यसअघि ललितपुरमा भएको एभिसी सेन्ट्रल जोन खेलेको थियो।

प्रतिभासहितको नेपाली टोलीले नेपाली भलिबलमा इतिहास रचेको थियो। महिला भलिबल टोलीले पहिलो अन्तर्राष्ट्रिय संवरण पदक जितेको थियो। अघिल्लो संस्करणको एभिसी महिला च्याम्पियनसिपमा नेपाली टोलीले संवरण जितेको थियो।

यस्तै दक्षिण एसियाली खेलकुद (साग) मा पहिलोपटक रजत पदक हात पारेको थियो। जुन साग इतिहासमै सबैभन्दा ठूलो सफलता हो।

नेपाल भलिबल संघका अध्यक्ष शर्माको नामबाट यो अवार्ड प्रदान गरिएको हो। तेस्रो संस्करणसम्म आइपुग्दा खेलाडीको पुरस्कार बढाएको छ। अघिल्लो वर्ष कुलबहादुर थापा र सरस्वती चौधरीले यो अवार्ड प्राप्त गरेका थिए।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ३ : ०५ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको