बल्खु तरकारी बजारमा एनएमबी बैंकको क्यूआर कोड « Khabarhub

बल्खु तरकारी बजारमा एनएमबी बैंकको क्यूआर कोड


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बल्खु तरकारी बजारमा एनएमबि बैंकको क्यूआर कोड सेवा सुरु भएको छ । तरकारीजन्य वस्तुको कारोबारमा डिजिटल भुक्तानीलाई बढावा दिने उद्देश्यले एनएमबि बैंक सुरु गरेको सो सेवाको उद्घाटन शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका छन् ।

योसँगै अब बल्खु तरकारी बजारमा जाने जुनसुकै ग्राहकले क्यूआर कोडमार्फत् नगदरहित भुक्तानी गर्न सक्नेछन् । सो कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले दुई तरकारी सप्लायर्सलाई सहुलियतपूर्ण ऋणको ‘अफर लेटर’ समेत प्रदान गरेका थिए ।

यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगद सहितबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ,’ केसीले भने, ‘वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई ध्यान दिँदै आगामी दिनमा सेवाग्राहीलाई नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै कृषि तथा सहुलियतपूर्ण कर्जा प्रवाहका थप कार्यक्रम अघि बढाउने छौं ।’

कार्यक्रममा स्थानीय निकायका पदाधिकारी, सुरक्षा निकाय, कुमारी क्लबका सदस्य, स्थानीय कृषि ब्यवसायीको उपस्थिति थियो ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ३ : ३५ बजे

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा