आज सेनाले ‘बख्तरबन्द गाडी’ चक्रपथ परिक्रमा गराउने | Khabarhub Khabarhub

आज सेनाले ‘बख्तरबन्द गाडी’ चक्रपथ परिक्रमा गराउने


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले आज राति बख्तरबन्द गाडी काठमाडौँको चक्रपथमा परिक्रमा गराउने भएको छ ।

नेपाली सेनाको नियमित अभ्यास योजनाअनुसार माघ १९ गते राति बख्तरबन्द गाडीहरु चक्रपथ परिक्रमा गर्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

त्यस्तै ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि निर्देशनालयले जनाएको छ ।

नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर सूचना जारी गरिएको पनि निर्देशनालयले जानकारी दिएको छ ।

सेनाका एकदर्जन बढी बख्तरबन्द गाडी हातहतियारसहित चक्रपथ परिक्रमा गराइने जनाइएको छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ६ : ३० बजे

चिनियाँ खतराको जवाफ दिन नयाँ युद्धपोत निर्माण गर्ने ट्रम्पको चाहना

काठमाडौं- चीनबाट उत्पन्न हुने सम्भावित खतराको जवाफ दिन अमेरिकी राष्ट्रपति

गृहमन्त्रीसँग र अमेरिकी राजदूतको भेट

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर

अन्नपूर्ण आधार शिविरबाट फर्कन थाले पर्यटक

म्याग्दी– वर्षा र हिमपात रोकिएपछि अन्नपूर्ण आधार शिविर क्षेत्र देखि

‘नेपालमा बर्सेनि ५० हजार बढीलाई मस्तिष्कघात’

काठमाडौं– नेपालमा प्रत्येक वर्ष मस्तिष्कघातका कारण ५० हजारभन्दा बढी मानिस