राखेपले मंगलबार ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तरक्रिया गर्दै « Khabarhub

राखेपले मंगलबार ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तरक्रिया गर्दै


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी मंगलबार ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

राखेपले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ : ०० बजे उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो । कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओलीले खेलाडी, प्रशिक्षक र खेलकर्मीसँग उक्त अन्तरक्रिया गर्ने राखेपले आज एक सूचना जारी गर्दै जानकारी गराएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली खेलकुदका बारेमा जानकारी लिनेछन भने आवश्यक निर्देशन दिने राखेपले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली खेलकुदको विकास र विस्तार तथा समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

कार्यक्रममा ओलम्पियन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, विभिन्न खेलका प्रशिक्षक, विभिन्न सङ्घ संस्थाका पदाधिकारी, कर्मचारीलगायतको उपस्थिति रहनेछ ।

सो अवसरमा युवा तथा खेलकुदमन्त्री र सदस्य सचिवले नेपालको खेलकुदको अवस्थाका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउनेछन ।

खेलकुदसँग प्रधानमन्त्री कार्यक्रममा खेलाडीले सोझै प्रधानमन्त्रीसँग अन्तरक्रिया गर्न पाउने राखेपले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ९ : ५९ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको