कुवेतमा अवैध बसेका श्रमिकलाई वैधानिक बन्न एक महिना म्याद थप « Khabarhub

कुवेतमा अवैध बसेका श्रमिकलाई वैधानिक बन्न एक महिना म्याद थप


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कुवेतको आवासीय कानून उल्लंघन गरेका नेपालीसहित विदेशी नागरिकलाई वैधानिकता कायम गर्न त्यहाँको सरकारले एक महिनाको समयावधि थप गरेको छ ।

कुवेतको आन्तरिक मामिला मन्त्रालयले कुवेतको आवासीय कानुन उल्लंघन गरेका विदेशी नागरिकलाई कानूनी अनुसन्धानबिना तोकिएको जरिवाना तिरेर स्वदेश फर्कन वा आफ्नो कानुनी वैधता कायम गर्न पाउने अवधि एक थप गरेको हो ।

कानूनी वैधता कायम गर्न वा कुवेत छोडी स्वदेश फिर्ता हुन यसअघि ३१ जनवरी २०२१ सम्म समयावधि तोकिएकोमा अब फेब्रुअरी १ अर्थात भोलिदेखि शुरू हुने गरी मार्च २ सम्मका लागि थप गरिएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

नयाँ कोरोना भाइरस फैलिएसँगै देखापरेको अहिलेको असाधारण अवस्थालाई मध्येनजर गर्दै एक महिनाको अवधि थप गरिएको आन्तरिक मामिला मन्त्रालयलाई उदृत गर्दै दूतावासले जनाएको छ ।

थप गरिएको अवधिभित्र समेत आवासीय कानुन उल्लंघन गर्ने नेपाली लगायत विदेशी नागरिकहरूले आफ्नो कानूनी वैधता कायम गरेको नपाइएमा उनीहरुलाई कुवेत सरकारको कानून बमोजिम जरिवाना गर्ने, निजहरूले आवासीय भिसा प्राप्त गर्न नसक्ने र कुवेतमा पुनः फर्कन नसक्ने गरी डिपोर्ट गरिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १० : २६ बजे

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान

रास्वपा उपसभापतिमा सोबिता विजयी, तोशिमा पराजित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन्