क्यान्सर भएनभएको थाहा पाउने २० लक्षण | Khabarhub Khabarhub

क्यान्सर भएनभएको थाहा पाउने २० लक्षण


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

क्यान्सर एक प्रकारको प्राणघातक रोग हो । यसबाट पीडित बिरामीको संख्या दिनानुदिन बढ्दो छ । तर प्राणघातक भन्दैमा यसको उपचार नै सम्भव छैन भन्ने हुँदैन ।

क्यान्सरको उपचार सम्भव छ । तर सुरुवाती चरणमा मात्र । तसर्थ क्यान्सरको लक्षण समयमै थाहा पाउन जरुरी छ ।

यस्ता छ क्यान्सरका लक्षणहरु :
१. स्तनमा परिवर्तन
स्तन क्यान्सर महिलामा मात्र नभई पुरुषमा पनि हुन सक्छ । यसका लक्षणमा स्तनमा गाँठो आउनु, निप्पलको रंगमा परिवर्तन हुनु, निप्पल चिलाउनु, निप्पलभित्र गाढिनु लगायत छन् । तर यति हुदैमा स्तन क्यान्सर भएको नहुन पनि सक्छ । त्यसैले डाक्टरको परामर्श लिनु राम्रो हुन्छ ।

२. दिसा पिसाबमा रगत आउनु
दिसा वा पिसाब गर्दा रगत निस्कियो भने किड्नी वा पिसाबको थैलीमा क्यान्सरको संकेत हुन सक्छ । यस अलावा लामो समयसम्म कब्जियत, डायरिया वा अधिक दिसा भएमा कोलोन क्यान्सरको लक्षण हुन सक्छ ।

३. तौल अचानक घट्नु
बिना कुनै कारण अचानक धेरै तौल घटेमा अन्नाशय, फोक्सोका वा पेटको क्यान्सर हुनसक्छ ।

४. मुखमा कत्ला आउनु
यदि अनुहारमा आएको कत्ला दुई साताभन्दा बढि समयसम्म रहि रहेमा, आवाजमा परिवर्तन आएमा, निल्नमा समस्या भएमा, मुखभित्र सेतो वा रातो रंगको निसान देखिएमा मुखको क्यान्सर हुनसक्छ ।

५. ज्वरो
लामो अवधीसम्म ज्वरो ठिक नभएमा ब्लड क्यान्सरको सुरुवाती लक्षण हुन सक्छ ।

६. रुघा
एक महिनाभन्दा लामो समयसम्म लगातार खोकि लाग्यो, खोक्दा रगत आयो, सास फेर्न ग्राहो भयो भने क्यान्सरको लक्षण हुन सक्छ ।

७. दुखाई
बिना कुनै कारण एक महिना वा सोभन्दा बढि समयसम्म दुखाई रहेमा हड्डी, ब्रेन वा अन्य क्यान्सरको संकेत हुन सक्छ ।

८. टाउको दुखाई
लगातारको टाउको दुखाइ ब्रेन टय्ूमरको लक्षण हुन सक्छ । जबकि कोलोन, रेक्टम वा ओवरीमा क्यान्सरका कारण पिठ्यूमा दुखाई हुन्छ । लंग क्यान्सरबाट पिडित केही रोगीमा छातिमा दुखाई हुन्छ ।

९. थकान
बिना परीश्रम थकाईको महसुस हुन्छ भने ब्लड क्यान्सरको लक्षण हुन सक्छ ।

१०. रक्तश्राव
महिलामा महिनावारीका अलाव रगत आएमा कार्विनल क्यान्सरको संकेत हुन सक्छ । मासिक धर्मका दौरान सामान्यभन्दा अत्यधिक रक्तश्राव भयो भने यो चिन्ताको विषय हुन्छ ।

११. पेट फुल्नु
लगातार दुई हप्ताभन्दा बढि समयसम्म पेट फुलिरह्यो, रगत आयो, वा तौल कम भयो भने ओवेरियन क्यान्सरको संकेत हुन सक्छ ।

१२. अन्डकोष सुन्निनु
पुरुषको अन्डकोषमा गाँठो, सुन्निएको, दुखाई वा कुनै प्रकारको अन्य बदलाव वा समस्या आएमा टेस्टिकुलर क्यान्सर हुन सक्छ ।

१३. पिसाबमा समस्या
पिसाब फेर्न समस्या, लगातार पिसाब आउनु जस्ता समस्या उत्पन्न भए प्रोस्टेट क्यान्सरको सुरुवाती संकेत पनि हुन सक्छ ।

१४. निल्नमा समस्या
मुख वा गलाको क्यान्सरका कारणले गला सुक्दा वा सुन्निदा खाना खान र पानी पिउन समस्या हुन्छ ।

१५. मुसा वा कोठी
कोठी वा मुसाको रंग वा आकारमा अचानक परिवर्तन आएमा छालाको क्यान्सर हुन सक्छ । यसका साथै छाला कालो वा पहेँलो हुनु, चिलाउनु वा एकदमै छिटो कपाल बढ्नु पनि क्यान्सरको लक्षण हुन सक्छ ।

१६. भोक नलाग्नु
लामो समयसम्म भोकै रहदा पनि भोक लागेन र पेट हमेशा भरिएको महसुस भइरह्यो भने ओवेरियन क्यान्सरको लक्षण हुन सक्छ ।

१७. नङमा परिवर्तन
नङमा कालो वा खैरो धब्बाले स्किन क्यान्सरलाई संकेत गर्छ । यसै प्रकारले नङको अन्तिम सिरा ठूलो हुनुले लंग क्यान्सरलाई संकेत गर्छ ।

१८. अनुहार सुन्निनु
अनुहार सुन्निए, रातो भए फोक्सोको क्यान्सर हुन सक्छ ।

१९. मुखभित्र दाग
मुखभित्र वा जिभ्रोमा सेतो दाग भएमा मुखको क्यान्सर हुन सक्छ । यो धुम्रपान वा सुर्तिको सेवनले गर्दा हुने गर्दछ ।

२०. असामान्य बदलाव
यी बाहेक शरीरमा अन्य कुनै प्रकारको बदलाव अचानक आएमा वा असामान्य लागेमा त्यो पनि क्यान्सरका लक्षण हुनसक्छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  १० : २२ बजे

भिजिट भिसा प्रकरण : छानबिनका लागि समिति बनाउन प्रतिपक्षी एकमत

काठमाडौं– प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका प्रतिपक्षी दलहरू भिजिट भिसा

मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मनसुनी

अहमदावादमा विमान दुर्घटनापछि बोइङको शेयरमा पहिरो

काठमाडौं- भारतको अहमदावादमा एअर इण्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान दुर्घटनामा

घ्याम्पे डाँडामा धान रोपाइँ सुरु (तस्बिरहरू)

काठमाडौं– ललितपुरको रिंगरोड बाहिरको क्षेत्रमा जेठको अन्तिम सातादेखि नै धान रोपाइँ

भिजिट भिसा प्रकरणमा मधेसकेन्द्रित दलहरूले बोलाए बैठक

काठमाडौं– गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणबारे धारणा बनाउन