म्यानमारमा सत्ता सेनाले हात लिएको पुष्टि, एक वर्षलाई संकटकाल घोषणा | Khabarhub Khabarhub

म्यानमारमा सत्ता सेनाले हात लिएको पुष्टि, एक वर्षलाई संकटकाल घोषणा


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्यानमारमा सेनाले ‘कू’ गरेर सत्ता आफ्नो हातमा लिएको छ । स्थानीय समय अनुसार सोमबार बिहानै सेनाले सत्ताधारी पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङ साङ सूचीसहित शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता आफ्नो हातमा लिएको हो ।

सेनाले एक वर्षका लागि म्यानमारमा संकटकालको घोषणा समेत गरेको छ ।

सेना समर्थित टेलिभिजनबाट भिडिओ जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको हो। गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेताहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ।

गएको नोभेम्बर ८ मा भएको चुनावमा सूचीको पार्टीले सरकार बनाउनका लागि आवश्यक सिटमा जित हाँसिल गरेको थियो । तर सो चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको सेनाले त्यसकै प्रतिक्रिया स्वरुप सत्ता आफ्नो हातमा लिएको बताएको छ ।

सेनाका प्रमुख मिन आङ हलाइङ्गलाई सत्ताको जिम्मेवारी दिइएको म्यानमार आर्मीले बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । सेनाको नियन्त्रणमा रहेको टेलिभिजन मार्फत जारी वक्तव्यमा सत्ता आफूहरुको नियन्त्रणमा आएको जनाएको हो ।

म्यानमारमा सन् १९६२ देखि २०११ सम्म सैनिक शासन थियो। बर्माका रुपमा समेत चिनिने म्यानमारकी नेतृ सुकीलाई सेनाले वर्षौँसम्म घरमै नजरबन्दमा राखेको थियो ।

गएको नोभेम्बरमा भएको चुनावमा विजयी भएका सांसदसहित तल्लो सदनको पहिलो बैठक सोमबारका लागि बोलाइएका बेला सूचीसहितका नेतालाई पक्राउ गरि सेनाले सत्ता हत्याएको हो ।

सूची पक्राउ परेसँगै राजधानीसहित म्यानमारको प्रमुख शहरमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । यस्तै अरु प्रजातन्त्रवादी नेताहरु पनि पक्राउ परेको उल्लेख छ । राजधानीसहितका प्रमुख शहरहरुमा सैनिक ठूलो संख्यामा तैनाथ भएको बीबीसीले जनाएको छ ।

स्थानीय समय अनुसार सोमबार बिहानै सूचीसहित राष्ट्रपति विन मिन्ट र अरु नेताहरुलाई सेनाले पक्राउ गरेको एनएलडीका प्रवक्ता मिओ निउन्तले समाचार संस्था रोयटर्सलाई टेलिफोनमार्फत बताएका छन् । उनले समर्थकहरुलाई आक्रोश र हतारमा प्रतिक्रिया नजनाउन अपिल गरेका छन् ।

कानून अनुसार विरोध जनाउन उनले आग्रह गरेको रोयटर्सले जनाएको छ । प्रवक्ता मिओ पनि पक्राउ परेका छन् । राजधानीसहितका शहरमा टेलिफोन सेवा पनि अवरुद्ध भएको छ । सेनाले विभिन्न राज्यका मुख्यमन्त्रीहरुलाई पनि उनीहरुकै घरबाट पक्राउ गरेको छ । आइतबार सेनाले संविधान अनुसार गर्ने बताएको थियो । त्यसलाई सैन्य कू को तयारीका रुपमा लिइएको थियो ।

नोभेम्बर ८ मा भएको चुनावमा एनएलडीले उपलब्ध मध्ये ८३ प्रतिशत सिटमा जित हाँसिल गरेको थियो । सन् २०११ मा सैन्य शासन अन्त्य भएयताको दोस्रो चुनावलाई सूचीको परीक्षणका रुपमा समेत हेरिएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सूची पक्राउ परेको सम्बन्धी जानकारी ब्रिफ गरिएको ह्वाइट हाउसले जनाएको छ । चुनावी नतिजा विपरितका कुनै पनि गतिविधिको अमेरिकाले विरोध गर्ने र तत्काल समस्या समाधान नगरिए आवश्यक कमद चाल्ने ह्वाइट हाउस प्रवक्ता जेन पास्कीले वक्तव्य जारी गरेर बताएकी छन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  १० : ०७ बजे

धनराजले संसद्‍मा भने- राजसंस्था सिनो भइसक्यो, त्यसलाई बोक्नेको पनि काँघ गन्हाउँछ

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले शाहवंशीय राजसंस्थालाई ‘मरिसकेको बाघको

कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गतको विवादमा मन्त्री खड्काको चासो

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कोहलपुर–सुर्खेत १३२ केभी

ट्रम्पलाई न्यायाधीशको आदेश- अमेरिकामा १२ हजार शरणार्थी स्वीकार्नू

एजेन्सी– सोमबार एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई संयुक्त राज्य

राष्ट्रपति पौडेलले भने- आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउनुपर्छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन

सरकारको नीति,कार्यक्रम परम्परागत : देवेन्द्र पौडेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव तथा प्रतिनिधिसभा