हिमालयन बैंकको मोबाईल बैंकिङ्गबाट नेपाल सरकारको राजस्व भुक्तानीे सेवा सुरू « Khabarhub

हिमालयन बैंकको मोबाईल बैंकिङ्गबाट नेपाल सरकारको राजस्व भुक्तानीे सेवा सुरू


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकिङ्ग सेवाबाट नेपाल सरकारको राजस्व भुक्तानी व्यवस्था २०७७ साल माघ १९ बाट सुचारु गरेको छ ।

उक्त सेवाको सुरुवात सँगै बैंकका ग्राहकहरुले अब सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाईल बैंकिङ्ग एप्सबाट सजिलै भुक्तानी गर्न सक्नेछन् ।

बैंकले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)मार्फत नै थप सेवाको रुपमा यसलाई विस्तार गरेको हो र यसरी मोबाईल बैंकिङ्गको एनपीआईमार्फत सरकारी भुक्तानी गर्ने व्यवस्था गर्ने हिमालयन बैंक पहिलो बैंक भएको छ ।

बैंकले पहिलेदेखि नै आफ्नो मोबाईल बैंकिङ्ग च्यानलबाट कनेक्ट आईपीएसमार्फत रियल टाइम अन्लाईन फण्ड ट्रान्स्फर सेवा प्रदान गर्दै आएको छ र अब एनपीआईमार्फत मोबाईल बैंकिङ्गबाट थप गरिएको सरकारी भुक्तानीको सेवाले राजस्व संकलनको प्रकृयामा ग्राहक एवम् सरकारी पक्ष दुवैलाई सहज हुने विश्वास गरेकोे छ ।

ग्राहकहरुले सम्बन्धित राजस्वको ईबीपी नम्बरका आधारमा कारोबार गर्न सक्नेछन् र सो कारोबार रकम एनपीआईमार्फत सम्बन्धित राजस्व खातामा जम्मा हुनेछ । अब अनलाईनमार्फत सरकारी कर तथा राजस्व भुक्तानी कनेक्ट आईपीएसको मोबाइल बैंकिङ्ग एप्स सहित हिमालयन बैंकको मोबाईल बैंकिङ्ग एप्सबाट पनि गर्न सकिने छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  २ : ३४ बजे

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र