नेपाल यातायातमा मुक्तिनाथ बैंकको क्यूआर सेवा « Khabarhub

नेपाल यातायातमा मुक्तिनाथ बैंकको क्यूआर सेवा


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलाई उच्च प्राथमिकता दिँदै नेपालको यातायात क्षेत्रमा पनि क्यूआरमार्फत भुक्तानी लिने कार्यको सुरुवात गरेको छ ।

काठमाडौँ उपत्यकाभित्र संचालनमा रहेको नेपाल यातायात ऐक्सप्रेस प्रालीसँग बैंकले संझौता गरी क्यूआर कोडमार्फत भुक्तानी लिने कार्य आजबाट सुचारु गरिएको छ ।

कार्यक्रमको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष भरत राज ढकालले गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, नेपाल यातायात समितिका अध्यक्ष गोपाल गुरुङ्ग, बैंकका कर्मचारी, यातायात व्यवसायी तथा ग्राहक वर्गको उपस्थिति थियो ।

नेपाल यातायातको बसमा यात्रा गर्ने यात्रीहरुले बसमा भएको मुक्तिनाथ बैंकको क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा भाडा बापतको रकम भुक्तानी गर्न सक्नेछन् । यातायात क्षेत्रमा यो व्यवस्था गर्नाले खुद्रा पैसा सटहीको समस्याबाट मुक्तीपाईने, नोटको हिफाजतमा बृद्धिहुने साथै कोरोनाबाट बच्नपनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरि मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स रकमजम्मागर्नेआदिसेवाहरु बैंकको शाखामाउपस्थितनभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ३ : ३३ बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या