नेकपा दाहाल–नेपाल समूहको आमहड्ताल : के–के खुल्ने, के बन्द ? « Khabarhub

नेकपा दाहाल–नेपाल समूहको आमहड्ताल : के–के खुल्ने, के बन्द ?


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले विहीबार देशव्यापी आमहड्ताल गर्ने भएको छ ।

प्रतिनिघिसभा विघटनविरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएको दाहाल-नेपाल समूहले भोलि देशव्यापी आमहड्तालको घोषणा गरेको हो।

केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सो समूहले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

‘हामी सरकारको कदमविरुद्ध आमहड्तालजस्तो कार्यक्रम गर्न बाध्य भयौँ, त्यसका लागि हामी क्षमा चाहन्छौँ’, पत्रकार सम्मेलनमा नेत्री पम्फा भुसालले भनिन्।

उनले आज (बुधबार) साँझ मशाल जुलुसको कार्यक्रम राखिएको जानकारी दिइन्।

उनले बन्दका क्रममा यातायात, पसल, कलकारखाना सबै बन्द रहने र स्वास्थ्य तथा अत्यावश्यक वस्तु आयात गर्ने साधनहरु भने चल्न दिने जानकारी दिइन्।

उनले परीक्षा सञ्चालनमा पनि कुनै अवरोध नहुने जानकारी दिइन ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ४ : २९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया