नेकपा दाहाल–नेपाल समूहको आमहड्ताल : के–के खुल्ने, के बन्द ? | Khabarhub Khabarhub

नेकपा दाहाल–नेपाल समूहको आमहड्ताल : के–के खुल्ने, के बन्द ?


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले विहीबार देशव्यापी आमहड्ताल गर्ने भएको छ ।

प्रतिनिघिसभा विघटनविरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएको दाहाल-नेपाल समूहले भोलि देशव्यापी आमहड्तालको घोषणा गरेको हो।

केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सो समूहले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

‘हामी सरकारको कदमविरुद्ध आमहड्तालजस्तो कार्यक्रम गर्न बाध्य भयौँ, त्यसका लागि हामी क्षमा चाहन्छौँ’, पत्रकार सम्मेलनमा नेत्री पम्फा भुसालले भनिन्।

उनले आज (बुधबार) साँझ मशाल जुलुसको कार्यक्रम राखिएको जानकारी दिइन्।

उनले बन्दका क्रममा यातायात, पसल, कलकारखाना सबै बन्द रहने र स्वास्थ्य तथा अत्यावश्यक वस्तु आयात गर्ने साधनहरु भने चल्न दिने जानकारी दिइन्।

उनले परीक्षा सञ्चालनमा पनि कुनै अवरोध नहुने जानकारी दिइन ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ४ : २९ बजे

ओमानलाई नेपालले दियो १५२ रनको लक्ष्य

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको

ओमानविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – टी–२० विश्वकप एसिया छनोटको सुपर सिक्स चरणमा नेपालका

एमाले केन्द्रीय कमिटी बैठक : अन्तरिम सरकार र निर्वाचनबारे छलफल

काठमाडौं – नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी

काठमाडौं– गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरीको

जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ

काठमाडौं – ‘जेन–जी’ आन्दोलनको नाममा कर्मचारीहरूलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही