‘गोरखा भूकम्प’: पहिचान नभएपछि गाडिएका शव निकालेर आफन्तलाई बुझाउँदा « Khabarhub

‘गोरखा भूकम्प’: पहिचान नभएपछि गाडिएका शव निकालेर आफन्तलाई बुझाउँदा


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ०७२ सालमा वैशाख १२ गते गएको भूकम्पको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा. प्रमोदकुमार श्रेष्ठले कार्यकक्ष वरिपरि शवै शव देखे ।

अनगिन्ति शवको पहिचान कसरी गर्ने ? यो चिन्तासँगै सनाखत गरी आफन्तलाई कसरी बुझाउने पोस्टमार्टम गर्ने चिकित्सकलाई चुनौती भयो । यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।

कतिपय शव टुक्रा–टुक्रा भएका थिए । ‘शव सुरक्षित राख्न पर्याप्त फ्रिज थिएनन् । बत्ती थिएन। बरफ पनि पाइएन, डा. श्रेष्ठले भने त्यस्तो अवस्थामा शव कुहिएर गन्हाउन थाले ।’

पहिचान गर्न कठिन भएका शवको सामूहिक दाहसंस्कार गर्न प्रहरीले आग्रह गरे पनि चिकित्सकले मानेनन् ।
डा. श्रेष्ठ भन्छन्, ‘दाँतको अवस्था र डीएनए परीक्षणबाट पत्ता लगाएर शव जिम्म लगाइयो ।’

यसरी सनाखत गदाए पनि ३४ शवको सनाखत हुन सकेन । ती सबैको पोस्टमार्टम गरी सबै विवरण सुरक्षित राखेर शवलाई फरेन्सिक विभाग परिसरमै गाडियो ।

‘सनाखत नभएका शव स्टोर गर्न ४/५ फिट मुनि गाडेर राखियो । बाहिरबाट नम्बर राखियो । पछि आफन्त आएपछि ३ शव निकालेर बुझाइयो,’ उनले भने ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ५ : ३० बजे

नौ अंकले घट्यो शेयर बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी

सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले