प्रधानमन्त्रीद्वारा स्थानीय तहको प्रशंसा, प्रदेश सरकारबारे मौन | Khabarhub Khabarhub

प्रधानमन्त्रीद्वारा स्थानीय तहको प्रशंसा, प्रदेश सरकारबारे मौन


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— प्रधानमन्त्री तथा नेकपा (ओली) समूहका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार संघीय राजधानी काठमाडौँमा आयोजित बृहत् जनसभामा कोभिड–१९ नियन्त्रण र उपचार खटेका सबैलाई धन्यवाद दिए ।

उनले कोभिड–१९ सँगको लडाइँमा खटेका चिकित्सक, नर्स, सेना, प्रहरी, एम्बुलेन्स चालक लगायत सबैको प्रसंशा गर्दै धन्यवाद दिए ।

प्रधानमन्त्रीले कोभिडको समयमा सबै ‘स्थानीय निकाय’ ले अत्यन्तै प्रभावकारी काम गरेको भन्दै स्थानीय तहको पनि खुलेर प्रशंसा गरे । यस क्रममा उनले संघीय सरकारको कामको फेहरिस्त पनि सुनाए । उनले सरकारले कोभिडको खोप ल्याएको र अग्र मोर्चामा काम गर्नेहरुलाई खोप दिन थालेको बताए ।

प्रधानमन्त्रीले कोभिड–१९ को नियन्त्रण र उपचारका सन्दर्भमा स्थानीय तहको र संघीय सरकारका कामको खुलेर सहराना गरे पनि प्रदेश सरकारको नाम लिएनन् । उनले प्रदेश सरकारको उच्चारण नै गरेनन्, मौन रहे । जनसभा भने नेकपाको वागमती प्रदेशले आयोजना गरेको थियो ।

प्रधानमन्त्री ओलीलाई निटकबाट जान्नेहरुका अनुसार उनी हम्मेसी क्षमा याचना गर्दैनन् । हुन पनि ओलीले कुनै पनि सार्वजनिक सभामा ‘क्षमा चाहन्छु’ भनेको कहिल्यै सुनिएको थिएन ।

बिहीबारको सभामा ओलीले जनसभाका कारण कठिनाइ उत्पन्न भएकोमा क्षमा याचना गरे । उनले भने, ‘हामीले दुःख दिन खोजेको होइन, दुईचार हजार मान्छे जम्मा गरेर हामीलाई ललकार्ने काम भयो, केपी ओली हेर्न आऊ भनियो, त्यसकारण हामी सडकमा आउनुपर्‍यो । म सबै पेशा, व्यवसायीप्रति क्षमाप्रार्थी छु ।’

प्रधानमन्त्रीले सभाका कारणले काठमाडौँको ट्राफिक अस्तव्यस्त भएको पनि बताए । त्यसको बाध्यता बुझिदिएको भन्दै सबैलाई धन्यवाद दिए ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ५ : १७ बजे

एमाले केन्द्रीय कमिटी बैठक स्थगित, प्रचार विभाग प्रमुख भन्छन् : विधान महाधिवेशन सर्दैन

काठमाडौँ– प्रमुख सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन अर्थ मन्त्रालयमा छलफल

काठमाडौँ – भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रूपमा

भारतले पानी छोडेपछि पाकिस्तानमा ठूलो बाढीको जोखिम, हजारौँ विस्थापित

नयाँ दिल्ली- छिमेकी भारतले ‘ओभरफ्लो’ भइरहेको बाँधबाट अतिरिक्त पानी छोडेपछि

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरीको उम्मेदवारी; प्रस्तावक रामहरि, समर्थक कृष्णगोपाल

काठमाडौं- नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन

सरकार र निजी क्षेत्रको अक्षमता : सञ्चित विदेशी मुद्रा उपयोगमा चुक्दै

काठमाडौँ – यतिबेला नेपाल राष्ट्र बैक र बैङ्किङ प्रणालीमा विदेशी