कोरोनाविरूद्धको खोप लगाउन अमेरिकामा सेना परिचालन गरिने | Khabarhub Khabarhub

कोरोनाविरूद्धको खोप लगाउन अमेरिकामा सेना परिचालन गरिने


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्त राज्य अमेरिकाले कोभिड- १९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको भएको छ ।

पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जानेको संख्या दिन प्रतिदिन बढ्दै गएपछि सङ्क्रमण कम गर्न खोप अभियान जारी छ ।

फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले गरेको अनुरोधलाई अमेरिकी रक्षा मन्त्रालयले स्वीकार गरेको प्राप्त समाचारमा जनाइएको छ ।

अमेरिकी रक्षामन्त्री लियोद अस्टिनसँग उक्त फेडरल ब्युरोले सेनाको सहयोगका लागि अनुरोध गरेका थिए । अस्टिनले सो अनुरोध स्वीकार गरेको समाचारमा जनाइएको छ ।

अब अमेरिकी रक्षा मन्त्रालयले सो इमर्जेन्सी विभागका लागि एक हजार ११० जना सैनिक खटाउने छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यही फेब्रुअरी १५ सम्ममा देशभर सबै नागरिकलाई खोप दिने घोषणा गरेका थिए । सो प्रयोजनका लागि कम्तीमा पनि १०० वटा खोप केन्द्रहरु सार्वजनिक स्थलहरुमा राखिने छ ।

यस प्रयोजनका लागि सैनिक चिकित्सकहरु र स्वास्थ्यकर्मीहरु खटाइने अधिकारीहरुले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ८ : १० बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको