भृकुटीमण्डपमा आइतबारदेखि पुस्तक मेला हुँदै « Khabarhub

भृकुटीमण्डपमा आइतबारदेखि पुस्तक मेला हुँदै


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भृकुटीमण्डपमा आइतबारदेखि ‘बृहत् पुस्तक मेला’ आयोजना हुँदैछ । कोरोना कहरपछिको समयमा पुस्तक प्रवर्द्धन र पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक मेला आयोजना गरिएको मेला आयोजक कमिटीले जानकारी दिएको छ ।

मेलामा काठमाडौँका ५० भन्दाबढी प्रकाशन संस्थाका पुस्तक बिशेष छुटमा उपलब्ध हुने र मेला अवधिमा विभिन्न नयाँ पुस्तक पनि विमोचन हुने जनाइएको छ ।

लेखकसँग साक्षात्कार कार्यक्रमहरु पनि राखिने आयोजकले जानकारी गराएको छ ।

फागुन १० सम्म चल्ने मेलामा सबै प्रकाशन संस्थाको किताब उपलब्ध हुनेछ र १५ प्रतिशत देखि ४० प्रतिशतसम्म छुटमा किताबहरु बिक्री गरिनेसमेत जानकारी गराइएको छ ।

कोरोना कहर पछिको विषम परिस्थितिमा प्रकाशन संस्थाहरु समस्याबाट गुज्रिरहेको अवस्थामा पुस्तक मेलाले उत्साह थप्ने विस्वास आयोजकले लिएको छ ।

पुस्तक मेलामा सबैको सहभागिता र सहयोगको लागि आयोजक कमिटीले आह्वान गरेको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  १ : १० बजे

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले

सुशासनका लागि अभियान सञ्चालन गर्दै ‘रामप्रसादराई’ पालिका

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने