नेप्सेमा नयाँ रेर्कड : ४८ अंकले बढ्दा १० अर्ब ४४ करोडको सेयर किनबेच | Khabarhub Khabarhub

नेप्सेमा नयाँ रेर्कड : ४८ अंकले बढ्दा १० अर्ब ४४ करोडको सेयर किनबेच


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजार नेप्सेले नयाँ रेर्कड कायम गरेको छ । आज आइतबार नेप्से एकै दिन ४८.४७ अंकले बढेर २५ सय २४ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि ५३ अंकले बढेर ४५९२ अंकमा पुगेपश्चात नेप्सेले नयाँ रेर्कड कायम गरेको हो ।

क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ५.३० अंकले बढेको हो। दिनभरिमा ८७ हजार ६ सय ७० पटकको खरिदबिक्रीपछि आज १० अर्ब ४४ करोड १९ लाखको सेयर कारोबार भएको छ।

आज २०२ कम्पनीको १ करोड ७७ लाख कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज ३३ खर्बको बजार पुँजीकरण भएको छ। कुल १२ मध्ये तीन वटाबाहेक अन्य समूहको कारोबार सूचक हरियो छ।

आज हिमालयन डिस्टिलरीको ५३ करोडको सर्वाधिक कारोबार भएको छ। दोस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३१ करोड ७६ लाखको, तेस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सको ३१ करोड ४६ लाखको, ग्लोबल आईएमईको २९ करोडको र पाँचौँ स्थानमा रहेको छिमेक लघुवित्त विकास बैंकको २६ करोडको सेयर कारोबार भएको छ।

आज ३६ कम्पनीको ९ प्रतिशतभन्दा धेरैले सेयर मूल्य बढेको छ। ८ कम्पनीको सकारात्मक सर्किट लागेपछि लगानीकर्ताले कमाएका छन्। यसबाहेक गुमाउने लगानीकर्ताले ६.२७ प्रतिशतले गुमाएका छन्।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ४ : १७ बजे

पटकासहित एक जना पक्राउ

पर्सा– वीरगन्ज महानगरपालिका-१ बाट करिब १ लाख ३९ हजार ९ सय

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ

जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि

आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली– ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

भद्रपुर– यहाँस्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर

ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई

रामपुर– पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो