सत्तापक्षको विरोधले प्रदेश १ प्रदेशसभा बैठक स्थगित « Khabarhub

सत्तापक्षको विरोधले प्रदेश १ प्रदेशसभा बैठक स्थगित


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सत्तापक्षको विरोधका कारण प्रदेश १ को प्रदेशसभा बैठक एक साताका लागि स्थगीत गरिएको छ ।

मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा पेश हुने निश्चित भएपछि सत्तापक्षले अवरोध गर्दा बैठक स्थगित भएको हो ।

आइतबार अपरान्ह बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले बैठक प्रारम्भ भएको घोषणा गर्न नपाउँदै मुख्यमन्त्री शेरधन राई पक्षधरले उठेर बैठक विरोध जनाएका थिए ।

मुख्यमन्त्री राईले संसदीय दलको नेताको हैसियतमा निलम्वन गरिएका १६ जनाको विषय टुंगो नलागेसम्म सदन चल्न नसक्ने सत्तापक्ष सांसदहको भनाइ छ ।

उनीहरुले बैठकको कामकारवाही अघि नबढाउन सभामुख समक्ष आग्रह गरेका थिए । सभामुख भण्डारीले पटक-पटक बस्न आग्रह गर्दा पनि सांसदहरु नमानेपछि बैठक एक साताका लाग स्थगित गरेका हुन ।

बैठकमा मुख्यमन्त्री राईविरुद्ध संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची थियो । अर्को बैठक फागुन ९ गतेका लागि तोकिएको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ५ : ३७ बजे

विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल

काठमाडौँ – फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६

एमबाप्पे र डेम्बेलेको गोलमा मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

बोस्टन – किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा मोरोक्कोलाई २-०

आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६