संवैधानिक आयोगका नियुक्तिविरुद्ध सभामुखले दर्ता गरेको रिटमा कारण देखाउ आदेश « Khabarhub

संवैधानिक आयोगका नियुक्तिविरुद्ध सभामुखले दर्ता गरेको रिटमा कारण देखाउ आदेश


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा संवैधानिक परिषद्को कार्यालय, राष्ट्रियसभा अध्यक्षलगायतका विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

उक्त रिटलाई अग्राधिकार दिन पनि आदेश भएको छ । शुक्रबार सभामुख सापकोटा आफैं अदालत पुगेर रिट दायर गरेका थिए। सो रिटमा आइतबार प्रारम्भिक सुनुवाइ भएको हो।

सभामुख सापकोटाका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलगायतले बहस गरेका थिए । उनीहरूले संवैधानिक आयोगहरूमा नियुक्तहरूलाई काम गर्नबाट रोक्न माग गरेका थिए ।

सभामुख सापकोटाले संवैधानिक परिषद्को सिफारिसमा भएका नियुक्ति बदर हुनुपर्ने मागससहित रिट दर्ता गराएका थिए।

मंसिर ३० गते आफ्नो उपस्थितिबिना बसेको संवैधानिक परिषद् बैठकले गरेका नियुक्ति गैरकानूनी भएको जिकिर गर्दै सापकोटाले रिट दर्ता गराएका थिए।

संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगसहित विभिन्न निकायमा तीन दर्जनभन्दा बढी व्यक्तिलाई नियुक्त गरेको थियो। सभामुख सापकोटाले ती नामहरू फिर्ता पठाइदिएका थिए।

तर ४५ दिनभित्र सुनुवाइ हुन नसके ‘नियुक्तिमा बाधा नपर्ने’ व्यवस्थामा टेकेर ३२ जनालाई गत बुधवार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ गराइएको थियो।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ५ : ५७ बजे

इजरायली आक्रमणबाट लेबनानमा ३९ जनाको मृत्यु

काठमाडौँ– इजरायलले लेबनानका विभिन्न ठाउँमा गरेको भीषण हवाई आक्रमणमा कम्तिमा

म्याग्दीको गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको छ

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

मुस्ताङ– घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित प्रदेश अस्पतालमा एक महिलाको शल्यक्रियाद्वारा सफल

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको जित, उपाधिको आशा जिवितै

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर- पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको