भागरथी हत्याका दोषीलाई कारबाहीको माग राख्दै नेविसंघद्वारा प्रदर्शन (भिडियोसहित) | Khabarhub Khabarhub

भागरथी हत्याका दोषीलाई कारबाहीको माग राख्दै नेविसंघद्वारा प्रदर्शन (भिडियोसहित)


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी किशोरीको हत्या प्रकरणमा दोषीलाई कारवाहीको माग गर्दै नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ ।

दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई यथाशीघ्र कारवाहीको दायरामा ल्याउन मागसहित नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेको हो ।

विगतका दिनमा निर्मला पन्त र सम्झना विकलगायत किशोरीको बलात्कार गरी हत्या हुँदासमेत घटनामा संलग्नलाई पक्राउ गरी कारवाही नहुनु दुःखद भएको प्रदर्शनमा सहभागीको भनाइ थियो ।

हेरौँ भिडियो

बुधबार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहिन भएकी भट्टको शव बिहीबार साँझ स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो । उनको बलात्कापछि हत्या भएको आशंका प्रहरीले गरेको छ । घटनाको प्रहरीले अनुसन्धान जारी राखेको छ ।

 

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ८ : ३२ बजे

चितवनमा मनाइयो संविधान दिवस

चितवन– शान्तिको प्रतीक परेवा उडाएर संविधान दिवस, २०८२ मनाइएको छ

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार

संविधान दिवसमा वृहत शान्ति र्‍याली

काठमाडौं– संविधान दिवसका अवसरमा आज बिहान वृहत शान्ति र्‍यालीको आयोजना

एमाले पार्टी कार्यालयमा संविधान दिवसको शुभकामना कार्यक्रम : को को नेता पुगे ?

काठमाडौं – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा शुभकामना