मलेसियामा तीन नेपाली युवा बेपत्ता « Khabarhub

मलेसियामा तीन नेपाली युवा बेपत्ता


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– रोजगारीका लागि मलेसिया गएका तीन नेपाली युवाहरु बेपत्ता भएका छन् । तीन नेपालीका परिवारले उनीहरु बेपत्ता भएको भन्दै खोजी गरिदिन मलेसियास्थित जनउद्धार केन्द्रलाई अनुरोध गरेका छन् ।

स्याङ्जाका गम बहादुर गुरुङ्ग रोजगारीको सिलसिलामा विगत १० बर्ष अगाडि मलेसिया गएको र त्यसपछि उनी अहिलेसम्म परिवारको सम्पर्कमा नआएकोले खोजी गरिदिन गुरुङका परिवारले केन्द्रलाई अनुरोध गरेका हुन् ।

यसैगरी, सिन्धुली घर भएका ध्रुव फुयाल पनि विगत ११ वर्ष अघि त्यहाँ पुगेको र अहिले उनी परिवार तथा आफन्तको सम्पर्कमा नरहेकाले खोजी गरिदिन आफूहरुलाई परिवारले अनुरोध गरेको केन्द्रले जनाएको छ ।

यसैगरी ओखलढुंगाका इन्द्र बहादुर गुरुङ विगत ७ पर्षदेखि परिवार र आफन्तसँग सम्पर्कमा नभएको भन्दै त्यहाँस्थित नेपाली दूतावास जनउद्धार केन्द्र, विभिन्न संघ संस्था लगायत मिडियाहरुलाई भाइ खोजी गरिदिन उनका दाजु मान गुरुङले अनुरोध गरेका छन् ।

उनी २०१४ देखिनै सम्पर्कमा नरहेको, उनले चलाउने फेसबुक पत्ता लागेको भएपनि मान्छेको अवस्था अहिलेसम्म पनि पत्तो नलागेको उनले बताए ।

उनले चलाउने गरेको फेसबुकमा एउटी अपरिचित महिलासँग खिचेको फोटो पनि प्राप्त भएको उनले बताए । बेपत्ता नेपालीलाई कसैले देखेमा खबर गर्न जनउद्धार केन्द्र मलेसियाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ८ : ५९ बजे

सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग

१२ वर्षको मिहिनेत खेर गयो भन्दै सडकमा विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंमा विरोध

आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

तानसेन– यहाँको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी आठ

सैन्य अभ्यास गर्दा ग्रिनेड विस्फोट : हुद्दाले ज्यान गुमाए, सहसेनानी घाइते

धनगढी- कैलाली बिहीबार एक सैनिक तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा

रास्वपाले अघि सारेको प्रस्तावमाथि प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको छ : सोविता गौतम

काठमाडौं– कानूनमन्त्री एवं रास्वपा नेतृ सोविता गौतमले शासकीय स्वरूपका विषयमा