प्रधानमन्त्री ओलीले गरे पृथ्वीनारायण शाह अध्ययन केन्द्रको अवलोकन « Khabarhub

प्रधानमन्त्री ओलीले गरे पृथ्वीनारायण शाह अध्ययन केन्द्रको अवलोकन


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा स्थापित राष्ट्र निर्माता पृथ्वीनारायण शाह अध्ययन केन्द्रको अवलोकन गरेका छन ।

राष्ट्रिय एकता दिवसका अवसरमा गत पुस २७ गते स्थापना भएको उक्त केन्द्र राष्ट्र निर्माता र नेपाल एकीकरणबारे अध्ययन र शोध गर्न चाहने विद्यार्थी एवं अनुसन्धानकर्ताका लागि खुला गरिएको छ ।

राष्ट्र निर्माता र नेपालको एकीकरणको इतिहास एकैथलोबाट अध्ययन र अनुसन्धान गराउने लक्ष्यका साथ उक्त केन्द्र स्थापना गरिएको हो ।

मुलुकभित्र र बाहिरका सम्पूर्ण देशप्रेमी र इतिहासँग सम्बन्धित व्यक्ति, इतिहास जान्न इच्छा राख्नेले पृथ्वीनारायण शाह र एकीकरणसम्बन्धी प्रकाशित वा अप्रकाशित कुनै पन तथ्यपरक सामग्री उक्त केन्द्रमा उपलब्ध हुने छ ।

केन्द्रमा शाहवंशीय वंशवृक्ष, राष्ट्र निर्माताको ५२ हातको हस्तलिखित जन्मकुण्डली र युद्धका लागि निकालिएका शुभसाइतसम्बन्धी जानकारी पुस्तकलगायत सामग्री राखिएका छन् ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ११ : ०२ बजे

प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच

काठमाडौँ– काठमाडौँ महानगरपालिका, वातावरण व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा बढ्दो वायु

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय एक दिनको अवधिमा एक

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

म्याग्दी– मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा सडक

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावासले आबुधावीमा कार्यरत नेपाली

कोशी टापु आरक्षणमा जंगली अर्ना (तस्बिरहरू)

काठमाडौँ– कोशी टापु वन्यजन्तु आरक्षण नेपालको तराई क्षेत्रमा फैलिएको एउटा