नेपालमा फाइभजी सेवा सञ्चालन गर्ने बाटो खुल्यो « Khabarhub

नेपालमा फाइभजी सेवा सञ्चालन गर्ने बाटो खुल्यो


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा फाइभजी सेवा सञ्चालन गर्ने बाटो खुलेको छ । फाइभजी सेवा विस्तारका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी तय भएपछि सेवा विस्तारको बाटो खुलेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रविधिका लागि चाहिने फ्रिक्वेन्सी पारित गरेको हो । प्राधिकरणको बैठकले उक्त निर्णय पास गरेको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

प्राधिकरणले यसअघि फाइभजीको फ्रिक्वेन्सी अध्ययन गर्न राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन समिति समेत गठन गरेको थियो । समितिले दिएको सिफारिसका आधारमा प्राधिकरणले फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको हो ।

अब प्राधिकरणले रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिलाई सिफारिस गर्ने र समितिले फ्रिक्वेन्सी तोक्ने जनाइएको छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १ : ०९ बजे

एउटै प्रकृतिका बेरुजु वित्तीय अनुशासनका लागि चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले हरेक वर्ष एउटै प्रकृतिका बेरुजु दोहोरिनु

‘असारे पानी साउने झरी’ गीत सार्वजनिक

काठमाडौं- राष्ट्रिय धान दिवस तथा पन्ध्र असारको अवसर पारेर चितवनका गायक

चीनद्वारा २० जापानी संस्था कालो सूचीमा, दोहोरो उपयोग सामग्रीको निर्यातमा प्रतिबन्ध

बेइजिङ- चीनले थप २० जापानी संस्थालाई आफ्नो निर्यात नियन्त्रण (कालो सूची)

नारामा धानमा आत्मनिर्भरता तर, वर्षेनी अरबौँको धान चामल आयात

काठमाडौं– आज देशभरी २३ औैँ राष्ट्रिय धान दिवस मनाइँदैछ ।

खाद्यान्नमा आत्मनिर्भर हुने नीति ल्याउन सांसदको आग्रह

काठमाडौं- राष्ट्रियसभाका सदस्यहरुले कृषिलाई प्राथमिकता दिई खाद्यान्नमा आत्मनिर्भर हुने कार्यक्रम