पप्पुका पूर्व अध्यक्षसमेत रहेका सांसद रौनियार निलम्बनमा परेपछि ४ करोड बजेट फ्रिज हुँदै | Khabarhub Khabarhub

पप्पुका पूर्व अध्यक्षसमेत रहेका सांसद रौनियार निलम्बनमा परेपछि ४ करोड बजेट फ्रिज हुँदै


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- पर्सा क्षेत्र नं ३ बाट निर्वाचित सांसद हरिनारायण रौनियार निलम्बनमा परेपछि सो क्षेत्रको संसदीय समितिको बैठक अन्योलमा परेकाले संसदीय विकासको करीब रु चार करोड बराबरको बजेट फ्रिज हुने भएको छ ।

सो क्षेत्रमा रहेको संसदीय विकास कोषको बजेट सञ्चालन गर्न उक्त क्षेत्रका सांसदको अध्यक्षतामा योजना छनोट गरी पुस मसान्तभित्र निर्णय गरी केन्द्रमा पठाउनुपर्ने प्रावधान रहे पनि सांसद रौनियारको पद निलम्बनमा परेपछि योजना छनोट हुन नसक्दा सो क्षेत्रको बजेट फ्रिज हुने सम्भावना बढेको जिल्ला समन्वय समिति पर्साले जनाएको छ ।

संसद् सचिवालयबाट सत्ता साझेदारी दल सङ्घीय समाजवादी फोरम नेपालका तर्फबाट निर्वाचित सांसद रौनियार निलम्बनमा परेको पत्र आएपछि संयोजकबारे सङ्घीय समाजवादी फोरम नेपाल र नेकपाका सांसदबीच विवाद हुँदा बैठक बस्न नसक्दा योजना छनोट हुन नसकेको सांसद पुष्पा कर्णले  बताए ।

पर्सा क्षेत्र नं ३ को संसदीय बजेट सञ्चालन गर्ने समयसीमा सकिएकाले रु चार करोड बजेट चलाउन नसकिने अवस्था आएकाले उक्त रकम फ्रिज हुने सम्भावना बढेर गएको पर्साका जिल्ला समन्वय अधिकारी हरि लम्सालको भनाइ छ ।

सांसद रौनियारको पद निलम्बनमा परेपछि पर्सा क्षेत्र नं ३ को संसदीय विकास कोषको संयोजक बन्न फोरम तथा नेकपा सांसदबीच होडबाजी चलेको छ । सो रकम फ्रिज हुने भएपछि त्यस क्षेत्रमा सडक, नाला तथा भौतिक पूर्वाधारको विकास काम प्रभावित भएको स्थानीयवासीको भनाइ छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १ : २२ बजे

पोखरामा आजदेखि सहुलियत छुट मूल्य पसल

गण्डकी– पोखरामा आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने भएको

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा

काठमाडौं– टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारबाट दिन थालेको निःशुल्क लोकल

मेची भन्सारको सेवा सुचारु

झापा– जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पूर्वीनाकास्थित मेची भन्सार कार्यालयले

नेपालको जेन-जी आन्दोलनबारे के भन्छन् बलिउड सेलेब्रिटी ?

काठमाडौं– नेपालमा हालै जेन-जेड युवाहरूले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको

भीमदत्त नगरपालिकास्थित स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालन

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– १६ स्थित सहरी स्वास्थ्य केन्द्रका प्रयोगशाला