माउन्ट केटू आरोही नेपाली टोलीलाई पोखरामा सम्मान « Khabarhub

माउन्ट केटू आरोही नेपाली टोलीलाई पोखरामा सम्मान


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– विश्वको दोस्रो अग्लो शिखर केटू हिमालको आरोहण गरी कीर्तिमानी राखेको नेपाली टोलीलाई पोखरामा सम्मान गरिएको छ ।

पोखरा पर्यटन परिषदले केटू हिमाल र धम्पुस पिक हिमाल आरोहीलाई नगर परिक्रमा सहति सम्मान गरेको हो ।

केटु हिमाल (८६११ मिटर) को नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते शनिबारका दिन सफल आरोहण गरी इतिहास रचेका थिए ।

विश्वमै नेपालको नाम उचो राखेको खुसियालीमा उनीहरूको हौसला स्वरुप सम्मान गरिएको परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।

निर्मल पुर्जा आरोहण दलको टिममा मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा र पेम चिरी शेर्पाले माउन्ट केटूको सफलतापूर्वक आरोहण गरेका थिए ।

त्यसैगरी दावा तेम्बा शेर्पा र अर्को आरोहण दलमा मिङमा जी शेर्पा ,दावा तेन्जीङ शेर्पा, किलु पेम्बा शेर्पा थिए भने सेभेन समिट नामको आरोहणबाट सोना शेर्पाले सफल आरोहण गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ७ : ०६ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत