चोरीका २५ मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण « Khabarhub

चोरीका २५ मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २५ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरको छ ।

महाशाखामा आज आयोजित एक समारोहका बीच प्रमाणपत्रको आधारमा सम्बन्धित धनीलाई मोटरसाइकल हस्तान्तरण गरिएको हो । मोटरसाइकल हराएको भनी निवेदन दिन आउनेको गुनासोलाई सम्बोधन गर्न ट्राफिक प्रहरीले विशेष अपरेशन टोली नै परिचालन गरी खोजी अभियान चलाउँदै आएको छ ।

सोही क्रममा विभिन्न क्षेत्रबाट मोटरसाइकल फेला पारी चोरीमा संलग्न मानिससमेत पक्राउ गरिएको महाशाखाका प्रमुख जनभ भट्टराईले बताउनुभयो ।

महाशाखाको सादा पोशाकको टोलीले गोकर्णेश्वरबाट चोरी भएको मोटरसाइकलसहित नुवाकोट शिवपुरी गाँउपालिका–८ का विष्णु मिजारलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि आजै महानगरीय प्रहरी वृत्त बौद्धमा पठाएको छ । मिजारले गीतराज पाख्रिनको मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाएको पाइएको छ ।

उपत्यकाका बालाजु, टोखा, सात दोबाटो, माछापोखरी, मूलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालीमाटी, महाराजगञ्ज, कलङ्कीलगायत स्थानबाट मोटरसाइकल फेला फेला पारेर आज हस्तान्तरण गरिएको हो । सादा पोशाकमा प्रहरी परिचालन गरेर हराएका मोटरसाइकल तथा स्कुटर खोजीलाई तीव्रता दिइएको महाशाखाका प्रमुख एसएसपी भट्टराईले बताए ।

उनले जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साइरनलगायतका उपकरण जडान गर्नसमेत सुझाव दिनुएका छन ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ९ : ४५ बजे

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा)- वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि

सडकमा लापरबाहीपूर्वक सवारी साधन चलाउनु हुन्छ ? निलम्बनमा पर्ला लाइसेन्स

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पटक–पटक लापरबाहीपूर्ण सवारी साधन

प्रभावकारी बन्दै आवास बीमा कार्यक्रम

जानकी (बाँके)- गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगञ्ज उपमहानगरपालिका–७

रौतहटमा लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सुरु

चन्द्रपुर (रौतहट)- रौतहटमा प्रहरीले ‘लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं

चितवनमा कबुलियती वन संरक्षण र प्रवर्द्धन अभियान

चितवन- डिभिजन वन कार्यालय चितवन कबुलियती वन संरक्षण र प्रवर्द्धन