ट्रम्पविरूद्धको महाअभियोग : सुनुवाइ जारी राख्ने पक्षमा सिनेटका बहुमत सदस्यको मत « Khabarhub

ट्रम्पविरूद्धको महाअभियोग : सुनुवाइ जारी राख्ने पक्षमा सिनेटका बहुमत सदस्यको मत


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी सिनेटका बहुमत सदस्यले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइको महाभियोगको सुनुवाइ जारी राख्नु पक्षमा मतदान गरेका छन् ।

सिनेटमा भएको मतदानमा पक्षमा ५६ मत खसेको थियो भने विपक्षमा ४४ जनाले मत दिएका थिए।

योसँगै निवर्तमान राष्ट्रपति ट्रम्पविरुद्ध दोस्रो महाभियोगको  सुनुवाइले निरन्तरता पाउने भएको छ ।

सुनुवाइ जारी राख्नुपर्ने पक्षमा छजना रिपब्लिकनले पनि मतदान गरेको बीबीसीले जनाएको छ । गत महिना हाउस अफ रेप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो।

अमेरिकी संसदमा भएको आक्रमणका लागि समर्थकहरूलाई ‘उक्साएको’ भन्दै उनीमाथि महाभियोग लगाइएको हो ।

उनका समर्थकहरूले क्यापिटल भवनमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १० : १५ बजे

संसद्‌मा बहुमत हुँदाहुँदै किन अध्यादेश ? यस्तो छ कानुनमन्त्री गौतमको जवाफ

काठमाडौँ – सरकारले हालै जारी गरेका अध्यादेशलाई लिएर सडकदेखि सदनसम्म

रास्वपा सचिवालय बैठक बस्दै: महाधिवेशन कार्यविधि र विधान संशोधन मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार

कान्ति लोकपथमा पहिरो खस्यो: हेटौंडा-काठमाडौँ यातायात ठप्प

काठमाडौँ – ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ

प्रेस स्वतन्त्रता लोकतन्त्रको अभिन्न खम्बा हो : नेता आङदेम्बे

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं प्रमुख प्रतिपक्षी दलका संघीय

मुन्दुम ट्रेलमा लालीगुराँसको रौनक: पर्यटक लोभ्याउँदै १८ प्रजातिका गुराँस

खोटाङ – नेपाल सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक