एयर इण्डियाको विमानमा आगलागी « Khabarhub

एयर इण्डियाको विमानमा आगलागी


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतमा एयर इण्डियाको विमानमा आगलागी भएको छ । राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार अबेर बोइङ ७७७ विमानमा आगलागी भएको हो ।

अमेरिकाको सन फ्रान्सिस्को जाने तयारीमा रहेको विमानको एसी मर्मत गर्ने क्रममा आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागीको समयमा विमान खाली रहेकाले आगलागीबाट कुनै मानवीय क्षति नभएको अधिकारीले जनाएका छन् । एयर इण्डियाले भने यो घटनालाई सामान्य घटना भएको भन्दै चिन्ता गर्नुपर्ने कुनै कराण नभएको जनाएको छ ।

आगलागी तत्काल नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान शुरु गरिएको भारतीय अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ३ : २३ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित